Thursday, May 21
Shadow

ब्यानर समाचार

भागरथी हत्याकाण्ड :  बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि, थप अनुसन्धान जारी

भागरथी हत्याकाण्ड : बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि, थप अनुसन्धान जारी

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २६ । बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पोष्र्टमार्टम रिपोर्टमा देखिएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। सामूहिक बलात्कार हो वा होइन भन्ने बारेमा थप परीक्षण भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए। सोमबार आएको रिपोर्टमा कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ लेखिएको छ। भागरथीको बलात्कारपछि हत्या भएको हो। रिपोर्टमा शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन्। त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्। यता भट्ट हत्याको घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी...
प्रचण्डको टिप्पणी- संविधान कुल्चेर केपी ओली इतिहासमै कलंकित बने‌

प्रचण्डको टिप्पणी- संविधान कुल्चेर केपी ओली इतिहासमै कलंकित बने‌

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ २६ । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाए । साथै प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे । कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे । उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।...
भागरथी हत्या प्रकरण :  परिवारले भन्यो- दोषी पक्राउ नपरेसम्म हामी शव बुझ्दैनौं

भागरथी हत्या प्रकरण : परिवारले भन्यो- दोषी पक्राउ नपरेसम्म हामी शव बुझ्दैनौं

ब्यानर समाचार, समाचार
काठमाडौं , माघ २६ । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान तीव्ररुपमा अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि प्रहरीले सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ । घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसमेत हिजो बैतडी पुग्नुभएको थियो । तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको जनाएको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको...
संसद बिघटन मुद्दाः बहस एक साताभित्र सक्न सरकारी वकिललाई आदेश

संसद बिघटन मुद्दाः बहस एक साताभित्र सक्न सरकारी वकिललाई आदेश

पत्रपत्रिका, ब्यानर समाचार, समाचार
काठमाण्डौ , माघ २६। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस अबको एक साताभित्र सक्न सरकारी वकिललाई समयसीमा तोकेका छन् । प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश बडालले बहस गरिरहँदा सो समयसीमा तोकेका हुन् । आइतबारको इजलासमा वरिष्ठ अधिवक्ता बडालले बहस गरिरहँदा प्रधानन्यायाधीशले ३० मिनेटमा बहस सक्न भनेका थिए । इजलासमा बडालले त्यति समयले नपुग्ने अडान लिएपछि प्रधानन्यायाधीश जबराले यो साताभित्रै बहस सक्नुपर्ने बताएका हुन् । ‘तपाईंहरू मात्रै हुनुहुन्न, अरू पनि धेरै जना बहस गर्न बाँकी छन्,’ प्रधानन्यायाधीशले भने, ‘सभामुखका तर्फबाट र सहयोगी विद्वान् एमिकस क्युरी हुनुहुन्छ । यो साताभित्र सबैले बहस सिध्याउनुपर्छ ।’ बडालले रिट निवेदकका कानुन व्यवसायीले जति समय लगाएका थिए, त्यति समय आफूहरूलाई चाहिएको जिकिर गरेका थिए । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओल...
नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

नेकपा विवाद हेर्न आयुक्त तोकियो, टुङ्गोमा पुग्न कम्तीमा ४५ दिन लाग्ने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, माघ २६ । निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो । कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो । उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त भएका थिए । आयुक्तहरुको कार्यविभाजनसँगै नेकपाभित्रको विवादका विषयको निरुपणको प्रक्रिया समेत सुरु भएको आयोगले जनाएको छ । नेकपाको आधिकारिता विवादको टुंगोमा पुग्न आयोगमा प्राप्त सबै कागजात कानुनअनुसार भएको पाइए कम्तिमा ४५ दिन समय लाग्ने देखिन्छ । राजनीीतक दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा आयोगलाई विवाद टुंगाउन समम लाग्ने देखिएको हो । दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताक...
भागरथीको हत्या प्रकरणः  अझै भेटिएन हत्याराको सुराक, प्रहरी नै अलमलमा

भागरथीको हत्या प्रकरणः अझै भेटिएन हत्याराको सुराक, प्रहरी नै अलमलमा

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं , माघ २६ १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन। बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीसहितको टोली बिहीबार नै घटनास्थलमा खटिएको थियो। उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो। त्यस दिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन। घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन। टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो। ...
कपिलवस्तुमा जसपाले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन

कपिलवस्तुमा जसपाले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
शहबाज खान/कपिलवस्तु कपिलवस्तुको कृष्णानगर नगरपालिका,शिवराज नगरपालिका‌ र विजयनगर गाउँपालिकामा जसपा द्वारा प्रधानमन्त्रीको बिरोध गर्दै पुतला दहन गरिएको छ। प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशनअनुसार आइतबारका दिन कपिलवस्तु को कृष्णानगर,शिवराज र विजयनगर गाउपालिका मा जनता समाजवादी पार्टी द्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओलीको पुतलादहन गरीएको छ।सो कार्यक्रमम कृष्णनगर को मुटु गोलघर,शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य चौक र विजयनगर गाउँपालिकामा को झुलनिया चौकमा प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप तिनटै प...
प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

प्रचण्ड-नेपाल समूहले २८ माघ काठमाडौँमा जन प्रदर्शन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, माघ १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले २८ माघमा काठमाडौँमा प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गर्ने भएको छ । आइतबार सो समूहले नेकपाको आधिकारिक फेसबुक पेज मार्फत २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न सम्पूर्णलाई अपिल गरेको हो । केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ । नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् । सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए । यसै गरी अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध पार्टीले पुनः विरोध स...
सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

सोमबारदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ १५ सरकारले सोमबारदेखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो। मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरुले तोकिएको अस्पतालमा सोमबार देखि शुक्रबारसम्म पुगेर खोप लिन सक्नेछन्। पत्रकारका लागि मिनभवनस्थित सिभिल अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल तोकिएको छ। खोप लगाउनका लागि पत्रकारहरुले सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ। खोप विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ।...
सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

सकियो पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान , कतिले लगाए अहिलेसम्म ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ २४ । नेपालमा पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९०)विरुद्धको खोप अभियान सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार पहिलो चरणको खोप अभियान समाप्त हुँदा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् । जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले खोप अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले पहिलो चरणको खोप अभियानमा अवाञ्छित घटना नभएको दाबी गरेका छन् । माघ १४ गतेबाट सुरु भएको खोप अभियान शनिबार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट यसको सुभारम्भ गरेका थिए । नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेक...