Monday, January 13
Shadow

तारकेश्वरमा सांसद राजन दाहाल हाँसोको पात्र


  • -इ
  • इ+

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले संसदको रोष्ट्रममै उभिएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको घडी दुई करोड र प्रचण्ड पुत्री गंगा दाहालले बोक्ने ब्याग लाखौं पर्ने बताएपछि देशैभरि तरंग उत्पन्न भएको थियो । र, यसबाट माओवादी केन्द्रमा समेत नयाँ बहस प्रारम्भ भएको छ ।

माओवादी केन्द्रका तर्फबाट सिन्धुली क्षेत्र नम्बर दुईबाट सांसद बनेका लेखनाथ दाहाल (राजन) ले कांग्रेसका सांसद सुनील शर्माको भनाइलाई सार्वजनिक रुपमा खण्डन गर्दै प्रचण्ड पुत्री गंगा दाहालले बोकेको ब्याग २० हजारभन्दा बढी भएमा आफूले सांसद पदबाट राजीनामा दिने सार्वजनिक रुपमै उद्घोष गरेका छन् ।

त्यसको लगत्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अन्तर्राष्ट्रिय विभाग तथा बागमती प्रदेशका सदस्य रजमान तामाङले राजन दाहालले राजीनामा दिनुपर्ने परिस्थिति बनेको भन्दै आफ्नो फेसबुकमा प्रम पुष्पकमल दाहालकी छोरीले बोक्ने ब्यागको फोटो राखेर स्टाटस लेखेका छन्, ‘सिन्धुलीको एउटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने खतरा देखियो । GUCCI ब्यागको मूल्य २० हजारभन्दा बढी भए सांसद पदबाट राजीनामा दिन्छु भनेर सांसद राजन दाहालले सार्वजनिक रुपमा युट्युबमा किरिया खाएका छन् । गुगलमा खोज्दा मैले त्यो ब्याग नेपाली २० हजारभन्दा तल मूल्य कतै भेटिन ।उनले फेसबुकमा राखेको ब्यागको फोटोमा अष्ट्रेलियन डलर २८ हजारभन्दा माथि लेखिएको छ । विदेशी ब्राण्डको त्यो ब्याग नेपालमा ल्याउँदा लाग्ने भन्सार शुल्क जोड्दा लाखौं पर्न सक्छ । चिया चर्चा, फेसबुकहरुमा गंगाले सारीको रंगअनुसारको फरक फरक रंगमा सो ब्राण्डको ब्यागहरु बोक्ने गरेको बताउने गरिएको छ ।

तामाङको फेसबुक स्टाटसमा माओवादी जनमुक्ति सेनाका बटालियन भाइस कमाण्डर बीरेन्द्र श्रेष्ठले प्रतिक्रिया दिदैं लेखेका छन्, ‘राजन दाहालले आफूले बलपूर्वक कब्जा गरेको सिन्धुलीको गिट्टी बालुवा भन्ने ठान्या होला । बस्तु र अभिव्यक्तिबारे निस्पक्ष छानबिन गरियोस । हुन त सांसदभन्दा नदीजन्य पदार्थको कारोबारी नै उनलाई सुहाएको छ ।’

केही दिनअघिमात्र राजन दाहाल र माओवादीका तर्फबाट सिन्धुली मरिन गाउँपालिका जितेका अध्यक्षको मिलेमतोमा मरिनबाट अवैध रुपमा बालुवा, गिट्टी बाहिर लग्दै गर्दा युथफोर्सले कब्जा गरेर प्रहरीलाई बुझाएको समाचार भाइरल बनेको थियो । नदीजन्य पदार्थ अवैध कारोबार गरेको भन्दै ४० हजार जरिवाना उनीहरुले तिर्नु परेको सिन्धुली जिल्लाका युथफोर्सका नेताहरुले बताउँदै हिडिरहेका छन् ।

कहिले प्रचण्डलाई हेर्न हजारौं पर्यटक विदेशबाट नेपाल आउँछन र कहिले प्रचण्डको छोरीले बोकेको ब्याग २० हजारभन्दा बढी भएमा सांसद पदबाट राजीनामा दिन्छु भनेर सांसद राजन दाहालले अभिव्यक्ति दिएका कारण उनी सार्वजनिक रुपमा हाँसोका पात्र बनेका छन् । माओवादी केन्द्रको तीन महिने विशेष अभियानमा काठमाडौंको तारकेश्वर नगरपालिकामा जिम्मेवारी पाएका राजन दाहालले बोलेको विवादित अभिव्यक्तिलाई लिएर यस क्षेत्रका विपक्षीहरुले उडाउँदा लाज मान्नुपर्ने अवस्था सिर्जना भएको माओवादी कार्यकर्ताहरु बताउँछन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares