Thursday, April 18
Shadow

प्रधानसेनापति थापाले प्रधानन्यायाधिश राणालाई किन भेटे ? यस्तो रहेछ कारण


  • -इ
  • इ+

काठमाडौँ , फागुन १० । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार भेटवार्ता गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले नेपाली सेनाको जग्गाको विषयमा प्रधानसेनापति थापा र प्रधानन्यायाधिश राणाबीच छलफल भएको जानकारी दिएका छन् ।

सेनाले भोगचलनमा रहेको ३७ रोपनी जग्गा मध्ये नौ रोपनी जग्गामा सर्वोच्च अदालतले नयाँ भवन बनाएको र बाँकी जग्गामा सेनाको गणलाई जग्गा कमी भएले समन्वयका लागि प्रधानन्यायाधीशलाई भेटेको प्रवक्ता पौडेलले बताए ।

पछिल्लो समय नेकपामा विवाद भइरहेकै बेला प्रधानसेनापति थापा सर्वोच्च अदालतमा गएर प्रधानन्यायाधीशसँग भेटघाट गर्नु लाई अर्थपुर्ण रुपमा हेरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares