Wednesday, April 24
Shadow

सिन्धुलीमा जिप दुर्घटना , ४ जनाको मृत्यु, ७ जना घाइते


  • -इ
  • इ+

सिन्धुली, चैत ३ । सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका(७ बाँसकटेरी गइरहेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् ।

बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ ।

मृत्यु हुनेहरुमा कमलामाई – ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए ।

उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ पठाउन लागिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares