Saturday, April 27
Shadow

शीतल निवासमा आज सर्वदलीय बैठक बस्दै


  • -इ
  • इ+

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज शीतल निवास ९राष्ट्रपतिको कार्यालय० मा सर्वदलीय बैठक बस्दै छ।

देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै  पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गरेकी हुन्।

आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ।

यसआधारमा आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा। बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायत संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्षरसभापति सहभागी हुने सम्भावना छ।

दलहरूबीच विवाद बढेको तथा नयाँ सरकार गठनका लागि छलफल चलिहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares