काठमाडौँ- नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।
आज (मंगलबार) अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।
गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् ।
राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए ।
उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।