Thursday, May 21
Shadow

ब्यानर समाचार

दूतावास पुगे चिनियाँ उपमन्त्री,अबकाे तयारी के?

दूतावास पुगे चिनियाँ उपमन्त्री,अबकाे तयारी के?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती
काठमाण्डौं, पुष १२। करिब एक बजे काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझेउ चिनियाँ दूतावास पुगेका छन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन। उनी सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच नेपाल आएका येझेउ केही समयपछि उनी राजनीतिक भेटमा सक्रिय हुने छन। नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच उनी काठमाडौं आएका हुन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन।...
खानेपानी  मन्त्रालयको जिम्मेवारी मन्त्री मणिचन्द्र थापालाइ

खानेपानी  मन्त्रालयको जिम्मेवारी मन्त्री मणिचन्द्र थापालाइ

ब्यानर समाचार, राजनिती, समाज
काठमाण्डौं, पुष १२ मन्त्री मणिचन्द्र थापाले खानेपानी  मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पहिलो पटक मन्त्री बनेर सिंहदरबारमा प्रवेश गरेका हुन् । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेका थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन। मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तरक्रियाबाट समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे ।...
माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १२ नेकपा का अध्यक्ष माधब कुमार नेपालले पार्टी फेरि एक भएर अगाडी बढ्न सकिने बताउनु भएको छ र यसका लागि प्रधानमन्त्री केपि ओली सच्चिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन सम्बन्धी निर्णयमा त्रूटि भयो भन्ने महसुस गर्नुहुन्छ भने हामी फेरि पनि सहकार्य गरेर अघि बढ्न चाहन्छौ र उहाले अहिलेको लडाइ के पी ओलीसँग नभएर उहाले चालेका कदम, असंबैधानिक, अप्रजातान्त्रिक कदमको बिरुद्दमा हो भन्ने बिचार राख्नुभएको छ । अध्यक्ष नेपालले अहिले नेकपामा भइरहेको विवाद पदका लागि नभई बिधि पद्दति र बैचारिक रहेको प्रष्ट पार्नुभयो । नेपालले प्रधानमन्त्री के पी ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुबै पदको प्रस्ताव आएको तर आफुले अस्विकार गरेको बताउनुभयो । अध्यक्ष नेपालले नेता तथा कार्यकतालाई बिचल्लित नपार्न सुझाब दिनुभएको छ ।...
मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, १२ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ। २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बताइएको छ । शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको थियो पार्टी विभाजन भएपछि नेकपाका दुई पार्टि विवादिदमा रहेका छन।...
प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् । केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् । यही तयारीमा लागेको आरोपमा शनिबार मुख्यमन्त्री शेरधनले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली पक्षमा पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माध...
कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन :  नेता पौडेल

कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन : नेता पौडेल

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानवाद र लोकतन्त्र उपर प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नरहेको बताएका छन् । शनिबार साँझ एक वक्तव्य जारी गर्दै नेता पौडेलले संविधानले प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार गरेको बताए । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो, विज्ञप्तिमा भनिएको छ । कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गरेको पौडेलको भनाइ छ । शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गरेको थिए । पौ...
नेकपा विवाद असर :  प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

नेकपा विवाद असर : प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर क्रमशः प्रदेशहरुमा समेत देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यता आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको सुवेदीले बताए।मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।...
आन्दोलनको भुमरीमा देश , निर्णय सच्याउन माग गर्दे शसक्त्त प्रदर्शन गर्दै नेताहरु !

आन्दोलनको भुमरीमा देश , निर्णय सच्याउन माग गर्दे शसक्त्त प्रदर्शन गर्दै नेताहरु !

ब्यानर समाचार, राजनिती
पार्वती पाठक, काठमाडौं, पुस ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै यति बेला देशमा आन्दोलन चर्किएको छ । संसद विघटन ‘असंवैधानिक’ भएको भन्दै विपक्षीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । संसद विघटन गरेको भन्दै नागरिक आन्दोलन आजबाट सुरू भएको छ । यस्तै १३ गते देशभर  नेपाली कांग्रेसले पनि प्रर्दशन गर्ने भएको छ । प्रर्दशनका लागि देउवाले सडकमा आउन अपिल गरिसकेका छन् । देशभर १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका  हुन् । यता दुईतिहाइको सरकार अहिले अलग भएको छ । यसरी अलग भएपछि दुबै समुहले छुटाछुटै भेला तथा कार्यक्रम गरिहेका छन् । एक अर्का लाई आरोप प्रत्यारोप लगाउने क्रम पनि चलीरहेको छ । नेकपा विभाजित भएपछि नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह पनि ओलीविरुद्ध आन्दोलनमा होमीएको छ । यो समुहले पनि १४ गते शसक्त्त आ...
आन्दोलन होइन, अब सहमति आवश्यकः मन्त्री रायमाझी

आन्दोलन होइन, अब सहमति आवश्यकः मन्त्री रायमाझी

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ११ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र भएकै कारण देशमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । ललितपुरको टौखेलमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आन्दोलनबाट भन्दा सहमतिमा सरकारको काममा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरे । उनले मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति सम्हाल्न आफू पनि सरकारमा आइपुगेको बताए । उनले भने, ‘जतिदिन सकिन्छ, सरकारलाई व्यवस्थित बनाउने काम म गर्नुे छु। बिग्रने थालेको राजनीतिलाई सिस्टममा ल्याउन म पनि पहल गर्ने छु।’ आन्दोलनबाट भन्दा सहमतिबाट अघि बढ्दा मुलुकको हित हुने उनको भनाइ थियो । कार्यक्रममा अब आउने बैशाख १७ गते र २७ गते हुने निर्वाचनमा सक्रिय सहभागी हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिइएको छ । कार्यक्रममा नेकपाको ओली पक्षका केन्द्रीय सदस्यहरु सुशीला ...
कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

आर्थिक, कृर्षि, ब्यानर समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, पुष ११ करिब एक महिना अगाडिबाट माइतिघर मण्डलमा न्यायका लागि धर्ना बसेका उखु किसान आजसम्म माइतिघर मण्डलमा व्यानरका साथ धर्ना बसिरहेका छ्न। सरकारले न्यायको लागि पहल गरिने बताएको छ तर किसान अघिल्ला बर्ष जस्तै सरकारी तहबाट हुने पहल आशा मात्रै हुने भन्दै धर्ना बसेको बताउछ्न। सानो छ खेत सानो बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान, तपाईं हिटर तापेर पैसा ल्याइदिनु हामिलाई चप्पलमा नै न्यानो हुन्छ सरकार, जस्ता भनाइका व्यानर टासेर धर्नामा रहेका किसानका आर्थक बर्ष २०७१्७२ मा नेपाल सरकारले गरेको अनुदान रकम रु २५ प्रती क्विन्टल कार्यन्वयन गर्ने, २०७२्७३, २०७३्७४ मा नेपाल सरकारले निर्णय गरेको दर अनुसारको बक्यौता रकम किसानलाई फिर्ता गर्ने लगाएतका माग राखेका छ्न। ...