पुष्पकमल दाहाल `प्रचण्ड´ र चिनिया कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui बिच भेटघाट
काठमाडौ - जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष Wang Xiaohui नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी Statement को स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच पारवहन सन्धिको कार्यान्वनले नेपाल अब भूपरिवेष्ठित देश होइन भू-सम्बन्ध जोड्ने देश भएको बताउनु भयो।
सो क्रममा सिचु...








