Thursday, May 21
Shadow

ब्यानर समाचार

काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहले शक्ति प्रदर्शन गर्दै, ९ ठाउँबाट जुलुस निकालिने

काठमाडौंमा आज प्रचण्ड-नेपाल समूहले शक्ति प्रदर्शन गर्दै, ९ ठाउँबाट जुलुस निकालिने

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ९ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड नेपाल समूहले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक महिनादेखि आन्दोलनरत सो समूहले दोस्रोपटक काठमाडौं केन्द्रित बृहत् जुलुस र विरोध(सभा आयोजना गर्न लागेको हो । केन्द्रीय संघर्ष समितिका अनुसार प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् । प्रतिनिधि सभा विघटनको खारेज र संसद् पुनःस्थापना गराउन संघर्ष विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र र वाल्मीकी कलेजबाट हुने जुलुसहरुमा विभिन्न नेताहरु उपस्थित हुनेछन् । सबै जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने स...
उखु किसानद्वारा  फेरि आन्दोलनको घोषणा ,  सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

उखु किसानद्वारा फेरि आन्दोलनको घोषणा , सम्झौताअनुसार भुक्तानी नपाएको गुनासो

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ७ ।उखु किसानहरु फेरि आन्दोलनमा होमीएका छन् । गत पुस १३ गते सरकार र पीडित उखु किसानबीच भएको भुक्तानीको सम्झौताअनुसार २१ दिन बितिसक्दा समेत आफुहरुले पाउनु पर्ने पूर्ण भुक्तानी नपाएको भन्दै किसानहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहिबार एक प्रेस वक्तव्य जारी गर्दै पीडित उखु किसान संघर्ष समितिले सम्झौताअनुसार आफुहरुले पाउनुपर्ने पूर्ण भुक्तानी नपाएको, सरकारले भने जति भुक्तानी नभएको र कुन किसानले कति भुक्तानी पाए भन्ने एकिन तथ्याङ्क समेत सार्वजनिक नभएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । संघर्षको कार्यक्रम अन्तरगत आगामी माघ १० गते देखि फागुन ७ गतेसम्म किसान जागर अभियान चलाउने, फागुन ८ गतेदेखि १४ गतेसम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने, फागुन १५ गतेदेखि फागुन २१ गतेसम्म एक छाक उपवास ९भोकभोकै० खेतमा काम गर्ने, र त्यसापछि तेस्रो चरणको आन्दोलनको...
नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर, अब नेपाली कामदार पठाउन सकिने

नेपाल र इजरायलबीच एमओयूमा हस्ताक्षर, अब नेपाली कामदार पठाउन सकिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ८ । वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई इजरायल पठाउन सकिने भएको छ । बिहीबार नेपाल र इजरायलबीच नेपाली कामदार अपूर्ति गर्ने प्रोटोकल (एमओयू) मा हस्ताक्षर भएसँगै नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन सकिने भएको हो । नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहाल र इजरायलको तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोडरले एमओयूमा हस्ताक्षर गर्नुभएको हो । नेपाली कामदारहरु केयर गिभर, नर्सिङ होम, अस्पताल, दिवा सेवा केन्द्र लगायतका लागि जान पाउनेगरी सम्झौता गरिएको छ । एमओयू हस्ताक्षर कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले नेपाल कृषिप्रधान देश भएकाले कृषिको जनशक्ति इजरायल पठाउन सके श्रमको साथसाथै सिप पनि सिकेर आउने र उक्त सिप नेपालमा प्रयोग हुने भन्दै आगामी दिनमा कृषिको लागि नेपाली कामदार पठाउन पाइने विश्वास व्यक्त...
लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

लोकतन्त्र बचाउन राजनीतिक लडाई लड्दै छौं: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जिम्मेवारीका साथ लोकतन्त्र बचाउन राजनीतिक लडाई लडिरहेको बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सहि बाटोबाट कुबाटोमा लैजान नदिने राजनीतिक लडाई लडिरहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफुहरु आवेग र उत्तेजित नभएको बताउदै पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउनेवाला नभएको र आफुहरु रातो झण्डा फहराउनेवालाहरु भएको बताए । आफ्नो गन्तव्यको बारेमा आफुहरु स्पष्ट रहेको बताउदै देशलाई विकासको बाटोमा लैजाने स्पष्ट बाटो अपनाएको उनले बताए । प्रधानमन्त्री ओलीले अहिले प्रचण्ड(नेपाल पक्षसँग आफु बाझ्ने पक्षमा नरहेको भन्दै अहिले विश्व तिब्र गतिमा बढेको र त्यो गतिलाई भेटाएर देश विकासमा ध्यानकेन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भारतीय जीन्युजलाई दिएको अन्तर्वार...
भ्याक्सिन पाएपछि ओलीले दिए मोदीलाई धन्यवाद

भ्याक्सिन पाएपछि ओलीले दिए मोदीलाई धन्यवाद

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ ८ प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । नेपाललाई अनुदानको १० लाख डोज कोभिड–१९ भ्याक्सिन दिएको भन्दै ओलीले ट्वीटमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् । आज मात्रै भारतले नेपाललाई दिएको भ्याक्सिन नेपाल आइपुगेको छ । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको छ । कोरोना खोप प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका हुन् ।...
जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ, राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई

जो बाइडेनले लिए अमेरिकी राष्ट्रपतिको शपथ, राष्ट्रपति र प्रधानमन्त्रीले दिए बधाई

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६औं राष्ट्रपतिका रूपमा संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । यसैबीच राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् । बधाई सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि राष्ट्रपतिले गरेकी छन्...
भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने,  आज काठमाडौँ आइपुग्दै

भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने, आज काठमाडौँ आइपुग्दै

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ८ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनामा खटिनेहरु रहेको जानकारी दिए । स्वयम्सेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभर ५२ हजार महिला स्वयम्सेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ । काठमाडौँमा बिहीबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट आइपुग्ने खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ । भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरणजड...
नेकपा विवादः जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

नेकपा विवादः जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , माघ ८ । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पुस २९ मा आयोगलाई जवाफ पठाएका थिए । आयोगलाई पठाएको जवाफमा दुवै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेका निर्णय वैधानिक रहेको दाबी गरेका छन् । दुवैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन माग दाबी गरेका छन् । दुवै पक्षबाट जवाफ आएको साता नाघिसकेको छ तर आयोगले निर्णय दिएको छैन ।...
सचेत बनौंः नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो

सचेत बनौंः नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ७ । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा फैलिएको जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा फैलिएको हो ।संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो । तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु ...
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा, बिहीबार पुनः बहस हुने

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा, बिहीबार पुनः बहस हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ७ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको चौथो दिनमा आज छ अधिवक्ताले बहस गरे । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटन गर्ते व्यवस्था संविधानमा नभएको उल्लेख गर्दै अदालतले संविधानमा भएको व्यवस्थाको व्याख्या गर्नुपर्ने तर्क प्रस्तुत गरे । उनले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा विघटन गर्नु ठीक वा बेठीकभन्दा पनि संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर न्याय निरुपण गर्नुपर्नेमा बहस गरे । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले जनताको सर्वोच्चतालाई ध्यानमा राखेर सर्वोच...