सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्नेमा सरोकारवालाको अनुरोध
- अजय मिश्र
कृष्णनगर असोज, २६
जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सराेकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । साे कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचार कायम गरी सभ्य र मर्यादीत रुपले मनाउनु आम समुदायलाई अनुरोध गर्नु भएको छ ।
नेपाल मुस्लिम आयोगको तर्फबाट सबैलाई दशैँको शुभकामना दिदैँ सदस्य बेगले शान्तिलाई खलल नपुग्ने गरी एक आपसमा सदभाव कायम गरी दशैँ मनाउन सबैमा अपिल गर्नु भयो ।
पुर्व सांसद अभिषेक प्रताप शाहले बैठकलाई सम्बोधन गर्दे एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउन आग्रह गर्नुभयो । विगतमा भएको कमीकमजोरीलाई ...







