जलवायु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा शान्ति दीप लगियो
रुपन्देही - हिमालयमा परेको जलवायु परिवर्तनको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । शुक्रबार नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न शान्तिदीप कालापत्थरमा लगेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा (खेन्पो छिमे)ले शान्ति दीपमा दीप प्रज्वलन गरेर उक्त दीप सगरमाथाको आधार शिविरतर्फ लैजान हस्तान्तरण गर्नुभयो।
उपाध्यक्ष लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखरेल र सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लाग...









