Wednesday, September 2
Shadow

ब्यानर समाचार 2

प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागे: उपप्रधानमन्त्री पोखरेल

ब्यानर समाचार 2, राजनिती
काठमाडौं, पुस २१ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ओली समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए । उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने औंल्याए । साथै उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए । कार्यक्रममा पूर्वमन्त्री तथा सो समूहका स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेको भन्दै कडा आलोचना गरे ।...
शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा रोक्यो

शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरुवा रोक्यो

ब्यानर समाचार 2, शिक्षा, समाचार, समाज
काठमाडौं , पुस २१ । शिक्षा मन्त्रालयले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ । अहिले शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले जिल्लान्तर सरूवा रोकिएको मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो । सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्...
पछिल्लो २४ घण्टामा ४०३ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४०३ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष २० पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ। सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।...
कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २० । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति ९सीसीएमसी०ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन। विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब ९ महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो। विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्...
पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १९ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।...
सनराइज बैंकका सीईओको बार्षिक तलव, भत्ता कति रहेछ हेर्नुहोस्

सनराइज बैंकका सीईओको बार्षिक तलव, भत्ता कति रहेछ हेर्नुहोस्

आर्थिक, ब्यानर समाचार 2, समाचार
  काठमाण्डौं, पुष १९ सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिर्कत( सिईओ) जनक राज शर्मा पौड्यालले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत १ करोड ३५ लाख ५  हजार बझेका छन् । बैंकले हालै सार्वजनिक गरेको थ.गत आ.व. को वार्षिक प्रतिवेदनले देखाएको छ । बैकले व्यस्थापन तहका पदाधिकारीहरुलाई तलब र भत्तामा ३ करोड ३७ लाख ४७ हजार बराबरको रकम खर्च गरेको छ । यस्तै बैंकले सञ्चालकहरुलाई बैठक भत्ता बापत रु ४७ लाख ५२ हजार मा आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी उपलब्ध गराइएको छ । साथै बैंकले प्रमुख अधिकृतलाई बैंकले सवारी साधन सुविधा  उपलब्ध गराएको छ भने प्रचलित बोनस ऐन अनुसार बोनस सुविधा समेत प्रदान गरेको छ ।...
पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १७ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ। शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।...
चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ। चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो। बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको चीनका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन्। त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ। चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो। उक...
प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् । नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ । मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।...
पुर्नस्थापनाको आशा नगरी निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह

पुर्नस्थापनाको आशा नगरी निर्वाचनको तयारीमा लाग्न सरकारको आग्रह

ब्यानर समाचार 2, राजनिती, समाचार, समाज
काठमाडौं , पुस १७ । निर्वाचनको तयारीमा लाग्न राजनीतिक दलहरुलाई सरकारले आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरुलाई आगामी वैशाखमा हुने निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका हुन् । शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद पुनस्र्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरुलाई आगामी वैशाखमा घोषणा भएको निर्वाचनको तयारीमा लाग्न अनुरोध गरे । उनले सरकारले निर्वाचनको तयारी गरेको, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा संसद पुर्नस्थापनाको आशा नगरी निर्वाचनमा लाग्न अनुरोध गरे । मन्त्री गुरुङले प्रतिनिधिसभा विघटन पछि सरकारले गरेका कामको वैधानिकतामाथि प्रश्न उठ्ने गरेको भन्दै सरकारले गरेको काम संवैधानिक भएको बताए । सरकारले गरेको काम नेपालको कानून बमोजिम...