Friday, September 4
Shadow

ब्यानर समाचार 2

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । यो मुद्दामा गत आइतबारदेखि निरन्तर सुनुवाई भइरहेको छ । हिजो बहसकर्ताहरूले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन नै नभएको भन्दै प्रश्न उठाएका छन् । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नै नभएको वकिलहरूको तर्क छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सुचना राजपत्रमा प्रकाशन नगरि राष्ट्रपति कार्यालयको वेभ साइटमा मात्र राखेकोले विघटन अनाधिकृत भएको बहसकर्ताहरूको तर्क छ । न्यायाधीश अनिलकुमार सिन्हाले सूचना राजपत्रमा छ भने इजलासमा पेश गर्न माग गरेका थिए ।...
हेर्नुस् तीन दिनको पूर्वानुमान, कुन ठाउँको मौसम कस्तो ?

हेर्नुस् तीन दिनको पूर्वानुमान, कुन ठाउँको मौसम कस्तो ?

ब्यानर समाचार 2, मौसम, समाचार, समाज
काठमाडौँ, माघ ९ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली भने छैन । यस्तो छ तीन दिनको पूर्वानुमान माघ ९ गते (शुक्रबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू- भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केहि भू-भागहरुमा बिहानीपख केहि स्थानहरुमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना देखिन्छ । राती : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । माघ १० गते (शनिबार) दिउँसो : सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशमा हल...
दुईवटा आत्मघाती बम विष्फोट, २८ व्यक्तिको मृत्यु, ७३ जना घाइते

दुईवटा आत्मघाती बम विष्फोट, २८ व्यक्तिको मृत्यु, ७३ जना घाइते

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
काठमाडौं, माघ ८ । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ । बगदादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः विक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएका स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेका छन् । उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो । इराकी गृहमन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिउको छ, “पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आएको र उसलाई हेर्न मानिसहरू भेला भएका समय विस्फोट गराएको थियो भने थप व्यक्ति त्यस ठाउमा पुगेका समय फेरि अर्को विस्फोट गराइएको थियो ।” घटनापछि उक्त स्थानमा पुगेक...
कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

कांग्रेसले आज देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको अपील

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , माघ ८ । नेपाली कांग्रेसले देशभरका सबै वडामा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७४३ वटै वडामा आज प्रदर्शन गर्न लागेको हो । संसद विघटनको कदमलाई असंवैधानिक भनेको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ । कांग्रेसभित्र पनि आन्दोलन कि चुनाव भन्ने मत विभाजन भएको चर्चा भइरहेका बेला सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ताहरुलाई अपील गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपील गरेका हुन् ।...
पीएम कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाट बाहिरियो

पीएम कप : आर्मीको लगातार तेस्रो जित, प्रदेश १ प्रतियोगिताबाट बाहिरियो

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, माघ ७ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी कल्बले प्रदेश १ लाई ४ विकेटले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हराएपछि प्रदेश १ समूह ‘ए’ र प्रतियोगिताबाट औपचारिक रुपमा बाहिरिएको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । अर्का युवा ब्याट्सम्यान भिम सार्की ६१ बलमा १ चौका र १ छक्का सहित २९ रनमा रन आउट भए । राजेश पुलामी २७ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । राजेशले जितको लागि तीन रन चाहिँएको अवस्थामा ज्ञानेन्द्र श्रेष्ठलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । योसँगै आर्मी सेमिफाइनलको नजिक पुगेको छ ।...
बाग्मती प्रदेश र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै

बाग्मती प्रदेश र प्रदेश १ मा आजदेखि हिउँदे अधिवेशन सुरु हुँदै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, माघ ७ । प्रदेश १ र वाग्मती प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन आज बुधवारदेखि शुरु हुँदैछ । प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ बजे र बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे शुरु हुनेछ। वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । त्यसको परिणामस्वरुप नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका मुख्यमन्त्री रहेको प्रदेश १ र वाग्मतीमा अविश्वाशको प्रस्ताव दर्ता गरेको छ । यद्यपी दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेका अविश्वासको प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश नहुने भएका छन्। प्रदेशसभाको कार्यसूची तय गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कार्यविधि निर्माण गरेर मात्रै अघि बढ्ने गरी निर्णय गरेको छ। बैठकले अविश्वास प्रस्तावबारेको मत व...
अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

अब नियम विपरीत सुरक्षाकर्मी राख्नेले तलब भत्ता आफै दिनुपर्ने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ७ । सुरक्षाकर्मीको दुरुपयोग रोक्न सरकारले नयाँ मापदण्ड बनाएको छ । अब नियमविपरीत कसैले सुरक्षाकर्मी घरमा राखेमा उनीहरूको तलबलगायतका सेवा–सुविधा सम्बन्धित व्यक्तिले नै व्यहोर्नु पर्नेछ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा अनावश्यक सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्ने उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो । सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले कायविधि गोप्य राखेको छ । व्यक्तिगत सुरक्षाका नाममा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मीको दुरुपयोग भइरहेको गृह मन्त्रालयको आकलन छ । ‘विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिमा केही हेरफेर भएको छ,’ गृह मन्त्रालयका प्रव...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

आर्थिक, ब्यानर समाचार 2, समाचार, समाज
  काठमाडौँ , माघ ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । “एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने । अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्...
प्रधानमन्त्री कपमा कर्णालीले हात पार्‍यो पहिलो जित

प्रधानमन्त्री कपमा कर्णालीले हात पार्‍यो पहिलो जित

खेलकुद, ब्यानर समाचार 2
काठमाडौं , माघ ६ । कर्णाली प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलवार गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित हात पारेको हो । जितसँगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।...
भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

भोली बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले ?

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ, माघ ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।यसअघि पनि सरेर माघ ६ गते ९मंगलबार० का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो। कांग्रेसले ओलीको यो कदमलाई असंवैधानि भने पनि यसको प्रतिकार सशक्त रुपमा गर्न सकेको छैन। कांग्रेसले शनिबार प्रतिनिधिसभा विघटनको व...