Sunday, October 11
Shadow

ब्यानर समाचार 2

आजको मौसमः वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

आजको मौसमः वर्षाको सम्भावना, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, फागुन १० । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशका केही स्थानमा वर्षाको पूर्वानुमान गरेको छ । हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिनभर र राति मौसममा उल्लेख्य बदलाव हुने छैन । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार र बुधबार भने पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान फाल्गुन १० गते (सोमवार) दिउँसो : प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । राति :  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । फाल...
उपचारका लागि दिल्ली जादैँ भट्टराई

उपचारका लागि दिल्ली जादैँ भट्टराई

ब्यानर समाचार 2, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ९ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाँदैछन् । भट्टराई आज नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जान लागेका हुन् । काठमाण्डुस्थित निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको थियो । चिकित्सकहरुले न्यूरो इन्डोस्कोक्राइनकोे ट्युमर भएको आशंका गरेपछि थप उपचारका लागि उनलाई दिल्ली रेफर गरेको उनको सचिवालयले जनाएको छ । उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्समा हुनेछ । उनले दिल्लीमा रहँदा नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ ।...
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाज, सम्पादकीय, स्थानिय तह
भक्तपुर , फागुन ८ । भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।...
आजको मौसम : यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

आजको मौसम : यी क्षेत्रमा छ वर्षा र हिमपातको सम्भावना

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , फागुन ८ । देशभर मौसम सामान्य बदली भइ बाकिँ स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भएर छिटफुट वर्षा र हल्का हिमपात हुने र बाँकी भागको मौसम सफा रहनेछ । काठमाडौंमा पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।...
सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताए । सरकार जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्नेसमेत प्रधानमन्त्री उनले बताए । उनले भने, ‘‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन । संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन । भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ । अपराधहरुलाई नियन्त्रण गर्छ आदि कुराहरुमा म आम दाजुभाइ दिदीबहिनीहरुलाई आश्वस्त पार्न चाहन्छु ।’’ जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रय...
१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

१४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने कांग्रेसको निर्णय

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन ६ । नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानमारी दिए । विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो । केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै महाधिवेशन पूर्व जिल्ला वडा तह लगायतको अधिवेशनको कार्यतालिका भने सामान्य हेरफेर गरेको उनले बताए । बैठकले पार्टीको केन्द्रीय सदस्य रमेश लेखकको संयोकत्वमा ७ सदस...
प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

प्रजातन्त्र दिवसमा कांग्रेस सभापति देउवा सहित प्रभावशालि नेताहरु नुवाकोट जार्दैँ

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, फागुन ६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस नुवाकोटको बि पि स्मृति भवन उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पुर्व प्रधानमंत्री शेर बहादुर देउवा नुवाकोट जाने भएका छन् । साथै सो कार्यक्रममा अन्य प्रभावशालि नेताहरुको पनि सहभागिता रहने भएको छ । कार्यक्रममा कांग्रेस नेताहरु प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसि, डा.रामशरण महत, शशांक कोईराला, गगन थापा, प्रदिप पौडेल, बहादुर सिंह लामा लगाएतका नेता उपस्थीत हुने छन् । कार्यक्रम सदरमुकाम विदुरमा मध्यान्न १२ बजे हुने छ ।...
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौँ, फागुन ६ । पश्चिम वायुको प्रभाव कायमै रहँदा आज काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।दिउँसो १ बजेपछि काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसो काठमाडौँसहित प्रदेश २ र बागमती प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार रातिसम्म ठाउँठाउ...
पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ५ पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २७ हजार ७ सय ८९ पुगेको छ। गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ७२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ९१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन ५ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ । कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुनेछ । यहि फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ । अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । जसअनुसार कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।...