Wednesday, May 20
Shadow

निर्वाचन विशेष

रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने : अध्यक्ष दाहाल

रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने : अध्यक्ष दाहाल

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताउनुभएको छ । चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहनुभएका उहाँले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडा र हसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताउनुभएको हो । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र सविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै गर्न सहज हुने बताउनुभयो । “राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उहाँले भन्नुभयो, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका ...
अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग

अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग

निर्वाचन विशेष, ब्यानर समाचार 2
आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार यहाँ ध्यानाकर्षणपत्र बुझाउनु भएको हो । प्रचलित ऐन, नियम, नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य छन् भनी किटान गरिएकाले यस अवस्थामा व्यक्तिहरुले आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भएकाले यसलाई संशोधन गर्नुपर्ने उहाँहरुको माग छ । संविधानको प्रस्तावनाम...
सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताउनुभयो । ...
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए तापनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।...
क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !

क्षेत्रभन्दा वाहिरका वाईसीएललाई ल्याएर सडकमा कांग्रेसको झण्डा बोकाएर निर्वाचन जितिन्छ र कमरेड !

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
लेखक -  माधव तिमल्सिना ‘ए माधव ! कांग्रेस भएर तैले किन सत्तारुढ गठबन्धनको विरोध गरेको ? काठमाडौं २ की ओनसरी घर्ती र काठमाडौं ७ की मानुषी यमी भट्टराईका विरुद्ध बढी नै पूर्वाग्रह किन साँधेको ?’ आजभोलि धेरैले मलाई यो प्रश्न गर्छन । सबैलाई के स्पष्ट पारौं भने म सत्तारुढ गठबन्धनको विरोधी होइन । लोकतन्त्र, शान्ति र समृद्धिको लागि यो गठबन्धन जरुरी थियो र छ । २०७४ सालमै माओवादी एमालेसँग मिलेर कांग्रेसलाई कमजोर बनाउँदा देशले क्षति ब्यहोरेकै हो । प्रचण्ड, डा. बाबुराम भट्टराईसहितका माओवादीका शीर्ष नेताले धोका नदिएको भए नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला देशको पहिलो निर्वाचित राष्ट्रपति हुनु हुने थियो । त्यो पदका लागि त्यतिवेला उहाँको मात्र हक थियो । यदि उहाँ राष्ट्रपति भएको भए पहिलो संविधानसभाबाट संविधान बन्थ्यो । संविधान सभा विघट...
चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाउन महानिरीक्षक सिंहको निर्देशन

चुनावमा सुरक्षा व्यवस्था मजबुत बनाउन महानिरीक्षक सिंहको निर्देशन

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिनुभएको हो । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ”, उहाँले भन्नुभयो । प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पु¥याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिनुभयो । उहा...
नमूना मतदान सबै पालिकामा

नमूना मतदान सबै पालिकामा

निर्वाचन विशेष, ब्यानर समाचार 2
 स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो । भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिनुभयो । पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त मतदान गरिएको उहाँको भनाइ थियो । त्यस्तै निर्वाचन शान्ति सुरक्षा र भएरहित तरिकाले सम्पन्न गर्नका लागि यही कात्तिक २० देखि मङ्सिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको छ । जिल्ला प्रशासनको आदेशमा सबै गतिविधि स्थागित गराइएको हो । मङ्सिर ४ गतेको चुनावलाई लक्ष्य गर्दै सबैखालका जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले बताउनुभयो । त्यस्तै सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउन...
काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

काठमाडौं–२ मा कस्तो रहला ओनसारिको अवस्था ! एमाले र राप्रपा को पहिलो हुन प्रतिस्पर्धा !

निर्वाचन विशेष, ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
लेखक - माधव तिमल्सिना काठमाडौं । कांग्रेस एक्लैले जित्ने अवस्थामा काठमाडौं २ मा रोल्पाबाट उम्मेदवार किन बोकेर ल्याएको भन्दै कांग्रेसभित्रका असन्तुष्ट समूह अहिलेसम्म निस्क्रिय भइरहेको अवस्थामा अब  त्यस  क्षेत्रका  कांग्रेसका क्षेत्रीय नेतृत्व र स्वयम् माओवादी केन्द्रका नेतृत्व र उम्मेदवारसँग जमेर प्रश्न गर्ने निश्कर्ष निकालेका छन् । अझ विशेषगरी माओवादी केन्द्रका उम्मेदवारलाई आफ्नो कुन जगमा जित्छु भन्दै कांग्रेसको पकड क्षेत्रमा आउनु भयो भनेर जमेर प्रश्न गर्ने उनीहरुको भनाइ छ । माओवादी कार्यदलका पार्टी अध्यक्ष प्रचण्डका अत्यन्त विश्वासिला सदस्य वर्षमान पुनले माओवादी केन्द्रको एकल नाम सिफारिस भएका कृष्णराज सुबेदिको नाम हटाएर कुनै पनि पार्टी कमिटीबाट  सिफारिस नभएकी आफ्नी श्रीमती ओनसरी घर्तीलाई काठमाडौं २ मा बोकेर ल्याएर उम्मेदवार बनाएको भन्दै कांग्रेसबाट सम्भावित उम्मेदवार माधवी भ...
भारतले अतिक्रमण गरेको हाम्रो जमिन फिर्ता ल्याउछौँ– अध्यक्ष ओली

भारतले अतिक्रमण गरेको हाम्रो जमिन फिर्ता ल्याउछौँ– अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2
 आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताउनुभएको छ। चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भन्नुभयो, “हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इञ्च पनि छोड्दैनाँै ।” भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उहाँले सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण पनि गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको प्रसङ्ग उल्लेख गर्नुभयो । ...
स्वास्थ्यचौकीलाई मतदान केन्द्र तोकिँदा , स्थानीयको विरोध

स्वास्थ्यचौकीलाई मतदान केन्द्र तोकिँदा , स्थानीयको विरोध

निर्वाचन विशेष, ब्यानर समाचार
स्वास्थ्यचौकीजस्तो अति संवेदनशील स्थानमा मतदान केन्द्र तोकिँदा बिरामीलाई असर पर्ने जनाउँदै स्थानीयवासीले विरोध जनाएका हुन् । मेचीनगर–१० खयरडाँगीका महेश खड्काले विगतमा स्वास्थ्य केन्द्रमा मतदान हुँदै गर्दा एम्बुलेन्समा आएकी एक गर्भवती महिलाले सुविधा नपाउँदा मन खिन्न भएको कुुरा सामाजिक सञ्जालमा उल्लेख गर्दै आगामी निर्वाचनमा मतदान केन्द्र नबनाइ दिनका लागि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “आँखै अगाडि देखेको यो घटनाले जीवनभर घोचिरहनेछ । अब आउने दिनमा हेल्थ पोस्टलाई निर्वाचन केन्द्र बनाउँदै गर्दा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् ।” झापा क्षेत्र नं १ मा रहेको यस केन्द्रमा मतदान केन्द्र तोकिएकामा स्थानीय समाजसेवी देवीमाया गौतमले पनि विरोध जनाउनुभएको छ । उहाँले निर्वाचन कार्यालयले विगतमा पटकपटक गरेको गल्ती यसपालि पनि दोहो¥याएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले हरेक नागरि...