Sunday, September 6
Shadow

निर्वाचन विशेष

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री र पूर्व प्रहरी प्रमुख भिड्दैै

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री र पूर्व प्रहरी प्रमुख भिड्दैै

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
काठमाडौँ - प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि चर्चित उम्मेदवार हुन् ।२०४८ सालदेखि यो क्षेत्रमा कांग्रेसको राजनीति गरेका प्रधान र एमालेका नवप्रवेशी खनाल चुनावी प्रचार प्रसारको अभियानमा लागिसकेका छन् । यसअघि २ पटक निर्वाचित भएर सो क्षेत्रमा गरेको विकास निर्माणको काम हेरेर मत...
काठमाडौँ–६ का २४ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ–६ का २४ उम्मेदवार प्रतिस्पर्धामा

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ बाट राजनीतिक दल तथा स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेबाट सर्वेन्द्र खनाल, कांग्रेसबाट भीमसेनदास प्रधान, जसपा नेपालबाट मनोज आचार्य, राप्रपाबाट विष्णुप्रसाद आचार्य, नेमकिपाबाट सनकमान महर्जन, मौलिक जरोकिलो पार्टीबाट कमल न्यौपाने, हाम्रो नेपाली पार्टीबाट मुकुन्द सिलवाल, राप्रपा नेपालबाट महेश्वर कार्की, राष्ट्रिय जनमुक्ति पार्टीबाट तारा रसाइली उम्मेदवार छन् । यस्तै विवेकशील साझा पार्टीबाट अजित खड्का, एकीकृत शक्ति नेपालबाट काजी कार्की, नेपाल आमा पार्टीबाट राजेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार छन् । स्वतन्त्रबाट विष्णुप्रसाद ढकाल, दीपु उप्रेती, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इ...
काठमाडौँ–६ मा एमालेको तर्फबाट  गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

काठमाडौँ–६ मा एमालेको तर्फबाट गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
हालै पार्टी प्रवेश गरेर काठमाडौँ–६ मा एमालेको तर्फबाट उम्मेदवारको टिकट हात पारेका सर्वेन्द्र खनाल राजनीतिमा नयाँ अनुहार हुन् । प्रहरी संगठनमा हुँदा विभिन्न काम गरेर चर्चा कमाउन सफल भए पनि केही घटनामा उनी विवादमा परे । समकक्षी डीआइजी रमेश खरेललाई पाखा लगाउँदै खनाल प्रहरी प्रमुख भएका थिए । उनको कार्यकालका बेला बहुचर्चित ‘निर्मला पन्त’को बलात्कारपछि हत्याको घटना भएको थियो । सो घटनाको सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । २०७६ मा सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँगै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको थियो । प्रहरी प्रमुखबाट अवकास पाएपछि खनालमाथि ‘सांसद अपहरण’को आरोप लागेको थियो । अपहरणको जाहेरी लिएर जानेहरु नै अहिले केपी ओलीसँग सहकार्य गर्न आएको र उनीहरुले उजुरी पनि फिर्ता लिएकाले...
पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्राध्यापन पेसासँगै नेपाली कांग्रेसमा राजनीति गरेका भीमसेनदास  प्रधान २०४८ सालदेखि काठमाडौँ क्षेत्र नं ६ मा भिजेका पुराना नेता हुन् । यसअघि २ पटक संसदीय निर्वाचनमा विजयी भएका उनले २०७० सालको चुनावमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादीका हीतमान शाक्यसँग ३ सय भोटले पराजित भएका थिए । अघिल्ला २ कार्यकालमा आफूले गरेको कामको मूल्याङ्कन गर्दै जनताले आफूलाई निर्वाचित गराउने उनको विश्वास छ ।  प्रधानले भने, ‘तपाईले क्षेत्र नम्बर ६ का लागि राम्रो काम गर्नुभएको छ भनेर जनताबाट प्रतिक्रिया पाएको छु । जनताले मैले गरेको काम हेरेर विजयी गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ राजनीतिक दलले पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति भने उनलाई ठिक लाग्ने गरेको छैन । जुनसुकै पार्टीले उम...
गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

गाउँगाउँमा रोजगारी र आम्दानीको अवसर : रामचन्द्र पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले व्यास नगरपालिका–९ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले देशको भविष्य कोर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रलाई सही बाटो देखाउन र सही दिशामा लैजान आफू राजनीतिमा सक्रिय रहेको बताउनुभयो । गाउँमा रोजगारी र आम्दानीको अवसर गाउँगाउँमा दिलाउन आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सडक, बिजुली, पानी, सञ्चार र पूर्वाधार निर्माणमा लाग्यौँ, हामीले गाउँगाउँमा बाटो पु¥याऔँ, स्कुल पु¥याऔँ तर गाउँ रित्तिदै गएकाले रित्तिनेक्रम रोक्नुपर्छ, अहिलेसम्म गाउँबाट विचलित भएको मनलाई म गाउँमै सेवा र सुविधा पु¥याएर बसौँबसौँ बनाउन लाग्नेछु ।” देशमा सुशासन ...
आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उहाँले बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । ...
प्रधानाध्यापक छविलाल तिवारीलाई आयोगको स्पष्टीकरण

प्रधानाध्यापक छविलाल तिवारीलाई आयोगको स्पष्टीकरण

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ । ...
जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उहाँले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “लोकतन्त्र सङ्कटमा परेको बेला ...
तरुणदलले खटायो केन्द्रीय प्रतिनिधि

तरुणदलले खटायो केन्द्रीय प्रतिनिधि

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि सबै सङ्घीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील बनाउने निर्णयानुसार केन्द्रीय प्रतिनिधि खटाएको अध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो । साथै सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूलाई आफूलाई खटाइएको निर्वाचन क्षेत्रमा तत्काल गई तोकिएको कार्य सुरु गर्न र निर्वाचन सम्पन्नपछि कार्यविवरण प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको छ । ...
कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता महत मनोनित

कांग्रेसको केन्द्रीय प्रचार-प्रसार समितिको संयोजकमा प्रवक्ता महत मनोनित

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ मा सदस्य मनोनित गरेको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वमा गठित समितिमा आज पार्टीका केन्द्रीय सदस्य, भ्रातृ तथा शुेभच्छुक संस्थाका पदाधिकारीलगायतलाई मनोनित गर्नुभएको हो । ...