Wednesday, May 8
Shadow

निर्वाचन विशेष

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । हालसम्म चार हजार चार सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार नौ सय १० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार एक सय ८३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार एक सय ८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार तीन २७ मत ल्याउनुभएको छ । प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः ...
काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर

काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए । क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ । क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७...

सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीको अग्रता कायमै

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय २८ मतको अग्रता कायम राख्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गर्नुभएको छ । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो । ...

नवनिर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण

निर्वाचन विशेष, ब्यानर समाचार 2
कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका वीरबहादुर बलायर, प्रदेशसभा (१)मा निर्वाचित नेकपा (एकीकृृत समाजवादी)का दीर्घबहादुर सोडारी र प्रदेशसभा (२)मा निर्वाचित प्रकाश बमलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । नव निर्वाचित सांसद बलायरले निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने सम्पूर्ण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी र सुरक्षाकर्मीलगायत सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्नुभयो । ...
३६ सिट जितेर निर्णायक बनेको माओवादी  यसपटक भने १८ सिटमा

३६ सिट जितेर निर्णायक बनेको माओवादी यसपटक भने १८ सिटमा

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ । माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ । महोत्तरी(१ मा गिरीराजमणि पोखरेल र सर्लाही(२ मा महिन्द्रराय यादवले अग्रता कायम गरेका छन् । माओवादीले खोटाङ-१ मा जितेको छ । खोटाङ-१ बाट रामकुमार राई निर्वाचित भएका छन् । भोजपुरमा सुदन किँराती, मोरङ-४ बाट अमनलाल मोदी, काभ्रे-१ बाट सूर्यमान तामाङ, नुवाकोट-१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा र सिन्धुली(२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् । त्यस्तै, गोरखा-२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ-२ बाट देवेन्द्र पौडेल, दाङ-२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहा...
जुम्ला प्रदेशसभा २ मा एमालेका  टेकराज पछाई विजयी

जुम्ला प्रदेशसभा २ मा एमालेका टेकराज पछाई विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताउनुभयो । पछाईले सात हजार आठ सय २६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाले ६ हजार सात सय १५ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्त गर्नुभएको छ । नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर रावतले एक हजार दुई सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ...
दाङ २:  प्रदेशसभा १ मा कांग्रेसका राजु खनाल विजयी

दाङ २: प्रदेशसभा १ मा कांग्रेसका राजु खनाल विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत दाङको निर्वाचन क्षेत्र नं २ (१) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार छ सय १६ मत प्राप्त गरि बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार चार सय ४९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र एक हजार चार सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो । ...
सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी

सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लेखनाथ दाहाल विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तारले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालले २७ हजार पाँच सय १७ र प्रतिस्पर्धी थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले एक हजार पाँच सय ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले एक हजार तीन सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । ...
कास्की–३ मा  दामोदर पौडेलको अग्रता

कास्की–३ मा दामोदर पौडेलको अग्रता

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का दामोदर पौडेल (बैरागी) अगाडि हुनुहुन्छ । पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा जारी मतगणनाको सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई उछिन्दै उहाँले चार हजार आठ सय ५१ मत प्राप्त गर्नुभयो । योगराजले चार हजार चार सय सात मतसहित पछ्याइरहँदा नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बरालले तीन हजार दुई सय सात मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभातर्फ सो क्षेत्रमा हालसम्म पोखरा महानगरपालिका–१, २, ३, १८ र १९ को गणना सकिएको छ । कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार ६ सय १४ मत खसेको थियो । कास्की–३ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको तीन र...