काठमाडौँ, असार २६ । मनाङ एयरको 9N–AMV कलसाइन भएको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको हेलिकोप्टर उडेको केही समयमैबाट सम्पर्कविहीन भएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा सवार ५ जना विदेशी नागरिक हुन् । उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।
अहिले वेपत्ता हेलिकप्टरको खोजि कार्य भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।