Sunday, May 19
Shadow

स्वास्थ्य

२४ घण्टामा ६६ जना कोरोना संक्रमित, ५८ जना संक्रमणमुक्त

२४ घण्टामा ६६ जना कोरोना संक्रमित, ५८ जना संक्रमणमुक्त

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन २३ नेपालमा आज थप ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४१११ जनाको गरिएको पीसीआर परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ८ सय ८६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको पनि मृत्यु भएन । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ । गत २४ घण्टामा काठमाडौंमा २४, भक्तपुरमा १ र ललितपुरमा २ गरी उपत्यकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।...
सुत्नुअघि अपनाउनुहोस् यी उपाय, तत्काल घट्न थाल्छ तौल!

सुत्नुअघि अपनाउनुहोस् यी उपाय, तत्काल घट्न थाल्छ तौल!

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । बढ्दो तौल मानिसहरुको चिन्ताको विषय बन्ने गरेको छ । अहिले सबैभन्दा समस्या मानिसहरुलाई आफ्नो मोटो शरीरमा नै लाग्छ । तौल घटाउने अनेक तरिका अपनाएतापनि धेरैले यसमा सफलता पाएका हुँदैनन् । स्वस्थ जीवनयापनका लागि मानिसहरुले आफ्नो तौल नियन्त्रणमा राख्न जरुरी छ । ‘भारतीय फिटनेस एक्सपर्ट’ तौसिफ खानले तौल घटाउन चाहने व्यक्तिले सुत्नु अघि निम्न कार्य गर्नुपर्ने सुझाएका छन् । १.दूधः सुत्नु पहिले एक ग्लास दुध पिउनुहोस् । यसमा पाइने क्याल्सियम र प्रोटिनले पाचन शक्तिलाई राम्रो बनाउँछ । यसले राम्रो निन्द्रा लाग्न सहयोग गर्छ भने तौल पनि घटाउन सहयोग गर्दछ । पद्दति पद्धति २. मरिचः रातीको खानामा कालो मरिचको प्रयोग गर्नुहोस् । यसमा बोसो पगाल्ने तत्व पाइनुका साथै यसले मेटाबोलिजम रेट पनि बढाउँछ जसले अतिरिक्त बोसो कम गर्न मद्दत गर्दछ । ३. दहीः नियमित रुपमा सुत्नुभन्दा पहिले एक कचौरा कम फ्याट...
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था स्थिर, अझै खुलेन होश

ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १७। मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । बिहीबार राति मस्तिष्काघात भएपछि शुक्रबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका जोशीको सोमबार साँझसम्म होश खुलेको छैन । जोशीका दाजु राजुराज जोशीले उनको अहिलेसम्म होश नखुलेको जानकारी दिए । उनले डाक्टरले स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै दुई–तीन दिनमा होश खुल्ने सम्भावना रहेको बताएको जानकारी दिए । ‘अझै होश आएको छैन, डक्टरहरुले स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनमा होश खुल्न सक्ने सम्भावना रहेको बताउनु भएको छ’, राजुराजले सुनाए । उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा। राजीव झाले जोसीको स्वास्थ्य अवस्था आइतबारजस्तै स्थिर रहेको बताए । मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया ...
निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्

निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, फागुन १५ । स्वास्थ्यसम्बन्धी कैयौँ समस्याको एक प्रमुख कारण अनिद्रा पनि हो । त्यसैले निद्रासँग सम्बन्धित जुनसुकै समस्यालाई गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा विभिन्न स्वास्थ्यसमस्याको सिकार भइन्छ । यस्ता कारणले लाग्दैन निद्रा १. जीवनशैली तनावपूर्ण भएमा । २. काममा बढी चाप भएमा । ३. राति ढिलोसम्म जागा रहेमा । ४. सुत्ने समयमा यात्रा गरेको अवस्थामा । ५. स्वास्थ्य अवस्था बिग्रेको अवस्थामा । ६. कुनै औषधिको सेवनले पनि निद्रालाई असर गर्छ । ७.. कैफिन, निकोटिनको अत्यधिक सेवन निद्रा कम हुनु । यी हुन् निद्रा लगाउने उपाय १.राति निश्चित समयमा सुत्ने बानी बसाल्ने । २. सुत्नुभन्दा एक घण्टापहिले मानसिक तनावयुक्त कामबाट मुक्त हुने । ३. सक्रिय जीवनशैली अपनाउने । ४. सकारात्मक सोच राख्ने । ५. सुत्नुपहिले धेरै खाना र पेय पदार्थको सेवन नगर्ने । ६. सुत्नुपहिले चिसो दूधमा मह मिलाएर...
नरिवल पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता ५ फाइदा

नरिवल पानी पिउने गर्नुहोस्, हुनेछन् यस्ता ५ फाइदा

जिवनसैली, टिप्स, मुख्य समाचार, स्वास्थ्य
काठमाडौंफागुन १४ । नरिवल पानीमा विषाक्त तत्वलाई हटाउने गुण हुन्छ । जसलाई पिउनका लागि शरीरको उर्जा मिल्छ जसमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जसले रोकप्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । यदी तपाई बढिरहेको वजनका कारण चिन्तित हुनुन्छ भने तपाईलाई निकै फाइदा पुग्छ । विशेषज्ञलाई मान्ने हो भने विहानको समयमा नरिवल पानी पिउनु सवैभन्दा धेरै फाइदाजनक हुन्छ । यदी तपाई दिनभर स्फूर्ति चाहनुहुन्छ भने विहान नरिवल पानी खानु फाइदाजनक हुन्छ । विहानको समयमा नरिवल पानी पिउनुको फाइदा थाइराइड हार्मोनलाई सन्तुलित बनाउनका लागि नरिवल पानी बहुत उपयोगी हुन्छ । विहानीको समयमा नरिवल पानी पिउनाले थाइराइड हार्मोन नियन्त्रित हुन्छ । किड्नीलाई स्वस्थ बनाउनका लागि पनि नरिवल पानीको सेवन राम्रो हुन्छ । यसले पिसाव नलीलाई सफा राख्न र स्टोन हुन नदिने काम गर्छ । यदी तपाइ वजन बढेका कारण समस्यामा पर्नु भएको छ भने ...
चिकित्सकद्वारा आन्दोलनको चेतावनी, जोखिम भत्ता नपाएको गुनासो , अविलम्ब उपलब्ध गराउन माग

चिकित्सकद्वारा आन्दोलनको चेतावनी, जोखिम भत्ता नपाएको गुनासो , अविलम्ब उपलब्ध गराउन माग

ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ, फागुन १३ । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले कोरोना महामारीमा अग्रपंतिमा रहेर खटिदाको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन माग गरेका छन् । नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले विज्ञप्ति जारी गरी एक वर्षदेखिको कोभिड भत्ता तत्काल उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको विषम परिस्थितिमा समेत सेवा दिनका लागि अग्रपंक्तिमा खटिने आवासीय चिकित्सकहरुको उचित मूल्यांकलन गर्दै नियमानुसार कोभिड भत्ता अविलम्ब उपलब्ध गराउन जोडदार माग गर्दछौँ।’ काम गर्ने बेला अग्रपंतिमा खटाउने तर नियमानुसार प्राप्त गर्नुपर्ने जोखिम भत्ताको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि मौखिक आश्वासन मात्रै प्राप्त हुनुले यो विषयलाई गम्भीरताको साथ नलिएको भान आफूहरूलाई भएको आवासिय चिकित्सकहरुले बताएका छन् । आफूहरुको माग सुनुवाइ नभएमा कडा आन्दोलनमा उत्रन बाध्य ...
ल्वाङका यी ८ फाइदा

ल्वाङका यी ८ फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । मसला र औषधिको रुपमा पहिलैदखि नै ल्वाङको प्रयोग हुँदै आएको छ । ल्वाङको माथिल्लो भाग जसलाई फुल भनिन्छ, यसलाई घाम मा सुकाएर राख्नाले धेरै फाइदा लिन सकिन्छ । ल्वाङले अनेक स्वास्थ समस्यालाई समधान गर्दछ । -मुटुको समस्या समधानः दिनमा एउटा ल्वाङ चबाउनाले मुटुसम्बन्धि समस्याबाट छुट्कारा पाइन्छ । -रोगविरुद्ध लड्ने क्षमतामा वृद्धिः खानामा ल्वाङलाई मिसाएर खानाले रोगविरुद्ध लड्ने क्षमतामा वृद्धि हुन्छ । -ल्वाङ खानाले शिघ्रपतनको समस्यालाई ठिक गर्छ । -ल्वाङ खानाले घाउहरु पनि छिटो सन्चो हुन्छन् । यसमा हुने एन्टीबायोटिकले घाउहरु पूर्ण रुपमा निको हुन सहयोग गर्छ । -यसको प्रयोगले मुखमा रहेको दुर्गन्धलाई हटाउन मद्दत गर्दछ । जसले दाँत दुख्ने समस्या पनि हटाउँछ । -दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक आउने तथा छाला नरम हुन्छ । -ल्वाङ खानाले यसमा पाइने भिटामिन ए ल्वाङले आँखाको ज्...
पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, फागुन ११ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ । भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उहाँका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने गरिने पाण्डे बताएका छन् । भट्टराई उपचारका लागि आइतबार दिल्ली पुग्नु भएको हो ।...
दिनदिनै तुलसीको पात चपाउने मानिसलाई लाग्दैन मुटुरोग

दिनदिनै तुलसीको पात चपाउने मानिसलाई लाग्दैन मुटुरोग

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, फागुन १० । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् । तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ । अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् । तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रिय...
डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं , फागुन १० । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग परामर्श गरेका छन् । दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा चिकित्सकको परामर्श लिएपछि मंगलबार अस्पतालमा भर्ना हुने भएका छन् । डा। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको मंगलबार स्वास्थ्यको थप परीक्षण हुनेछ र अस्पताल भर्ना हुने भएका छन् ।डा। भट्टराई आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो९इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् । उपचारका क्रममा डा। भट्टराईस...