Saturday, April 20
Shadow

यस्ता छन् अदुवाका फाइदा


  • -इ
  • इ+

 

हामीकहाँ अदुवा सहजै रुपमा पाइन्छ । हामीले भान्सामा अदुवालाई स्वादका लागि भए पनि प्रयोग गर्ने गरेका छौँ । यसका फाइदा पनि उत्तिकै छन् ।

यस्ता छन् फाइदा
साँझ सुत्नुभन्दा अगाडि एक चम्चा अदुवाको रस पानीमा मिलाएर लिँदा इन्फर्टिलिटी भगाउन मद्दत गर्छ ।

– अदुवालाई पिसेर पानीमा उमाली त्यसमा दुई चम्चा मह मिलाएर खानाले घाँटी खसखसाएमा, रुघाखोकी लाग्दा यसको सेवनले सञ्चो हुन्छ ।

– यसको सेवनले बान्ता हुँदा र झाडापखाला लाग्दा नियन्त्रण गर्दछ ।

– यसको सेवनले मुटुरोगी, रगतमा चिनीको मात्रा क मगर्न मद्दत गर्दछ ।
अदुवालाई दालचिनी–पानीमा उमालेर चियाको स्टाइलमा पिउने हो भने तौल कम गर्न मद्दत गर्छ ।
– यसको सेवनले अप्रेशन गरिसकेपछि वान्ता हुनबाट रोक्दछ ।

रेगुलर अदुवाको रस खानेहरूको मुटु स्वस्थ रहन्छ । हार्टअट्याकदेखि बचाउँछ ।

एक चम्चा अदुवाको रस

निरन्तर पिउनेलाई खोकी तथा सर्दीबाट बचाउँछ ।

सफा पानीमा एक चम्चा अदुवाको रस खाने हो भने घाँटी सफा गर्छ ।

खाना खानुभन्दा केही समयअघि केही अदुवा खाने हो भने भोक खुलेर लाग्छ । यसले खानामा रुचि नहुनेहरूलाई पनि फाइदा पुग्छ ।

सफा पानीमा अदुवा पिसेर राख्नुहोस् र पिउनुहोस् । अपचको समस्या भगाउँछ ।

हल्का मनतातो पानीमा अदुवाको रस राखेर कुल्ला गर्नुहोस् । यसो गर्नाले दाँत दुख्नबाट बचाउँछ ।

अदुवाको रस निरन्तर लिनेमा बुढोपन निकै स्लो हुन्छ । स्किन तथा कपाल स्वस्थ रहन्छ ।

एक कप मनतातो पानीमा अदुवाको एक चम्चा रस राखेर बिहान तथा साँझ पिउनुहोस् । घुँडा दुखेमा ठीक पार्छ ।

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दूधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares