Saturday, May 2
Shadow

स्वास्थ्य

डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

डा. बाबुराम भट्टराई मंगलबार अस्पताल भर्ना हुदै, के रोग लागेको रहेछ ?

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं , फागुन १० । स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सोमबार चिकित्सकसँग परामर्श गरेका छन् । दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा चिकित्सकको परामर्श लिएपछि मंगलबार अस्पतालमा भर्ना हुने भएका छन् । डा। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको मंगलबार स्वास्थ्यको थप परीक्षण हुनेछ र अस्पताल भर्ना हुने भएका छन् ।डा। भट्टराई आइतबार बिहान नेपाल एयरलाइन्सको विमानमार्फत दिल्लीतर्फ गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएकोमा अहिले चिकित्सकहरुले न्युरो९इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि गएका हुन् । उपचारका क्रममा डा। भट्टराईस...
कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले पाएनन् भत्ता

पत्रपत्रिका, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, फागुन १० । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन्। स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन्। मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन्। प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन्। त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन्। काजमा जानेले भ्रमण भत्ता लिएका छन्। स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो। ती बैठकमा उपस्थित भएको भन्दै डा। विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति...
उपचारका लागि दिल्ली जादैँ भट्टराई

उपचारका लागि दिल्ली जादैँ भट्टराई

ब्यानर समाचार 2, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ९ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारका लागि भारतको दिल्ली जाँदैछन् । भट्टराई आज नेपाल वायुसेवा निगमको जाहाजबाट दिल्ली जान लागेका हुन् । पेटमा समस्या देखिएपछि उनी थप उपचारका लागि भारत जान लागेका हुन् । काठमाण्डुस्थित निदान अस्पतालमा उनको स्वास्थ्य परीक्षण र उपचार भइरहेको थियो । चिकित्सकहरुले न्यूरो इन्डोस्कोक्राइनकोे ट्युमर भएको आशंका गरेपछि थप उपचारका लागि उनलाई दिल्ली रेफर गरेको उनको सचिवालयले जनाएको छ । उनको दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड विलिअरी साइन्समा हुनेछ । उनले दिल्लीमा रहँदा नेपाली दूतावासमा बस्ने सचिवालयले जनाएको छ ।...
आँखाको दृष्टि सुधारका लागि अपनाउनुस् यी घरेलु उपाय

आँखाको दृष्टि सुधारका लागि अपनाउनुस् यी घरेलु उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस् । -हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ । -तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने । -राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ । -जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहु खाने । -अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ । -एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने...
थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण

थाहा पाउनुहोस् पूजामा कपुर प्रयोग गर्नुको कारण

टिप्स, स्वास्थ्य
काठमाडौं । हिन्दू धर्ममा भगवानको पूजाको जति महत्व छ त्यति नै पूजा सामग्रीको पनि महत्व रहेको छ । पूजा सामाग्रीलाई समेत हिन्दुहरु श्रद्धा गर्दछन् । पूजामा प्रयोग हुने हरेक चीजको विशेष महत्व रहने गरेको छ । पूजा र अनुष्ठानका क्रममा कपूरको समेत प्रयोग गरिन्छ । भगवानको पूजामा कपूरको प्रयोग नभए पुर्ण पूजा भएको मानिदैन । पूजाका अलावा कपूरको प्रयोग वास्तुशास्त्रमा नकारात्मक ऊर्जा नष्ट गर्न समेत प्रयोग गरिन्छ । के के छन् कपूर प्रयोगका लाभ रु घरमा वास्तुदोष रहेमा घरको सुख, शान्ति भंग हुने र कलह हुने गर्दछ । पसल वा व्यावसायीक प्रतिष्ठानमा वास्तुदोष भए घाटा हुन्छ । यस्तोमा घर वा पसलमा कपूर राखेमा वास्तुदोष वा नकारात्मक ऊर्जा नष्ट भई धन लाभ हुने धार्मीक मान्यता छ । यदि कतै सापटी वा ऋण दिएको धन अड्किरहेको छ वा आम्दानीभन्दा बढि खर्च हुने गरेको छ भने रातो गुलाफको फूलमा बालेको कपूर राखी देवी दुर्गा...
खानुस्  रातो खुर्सानी  हुने छन् यस्ता फाइदा

खानुस् रातो खुर्सानी हुने छन् यस्ता फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, फागुन ६ । स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । यसैबीच लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ । खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ । अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोधकर्ताहरुले रातो खुर्सानी खाने मानिसको आयू सामान्यभन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका छन् । शोधकर्ताका अनुसार रातो खुर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ । उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए । परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित...
पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १२५ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ५ पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख २७ हजार ७ सय ८९ पुगेको छ। गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ७२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ९१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।...
यस्ता छन् जाडोमा तिल खानुका फाइदा

यस्ता छन् जाडोमा तिल खानुका फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । जाडोमा तिल खाँदा स्वास्थ्यलाई अनेकौं फाइदा हुन्छन् । तिलमा भएको पोली स्याचुरेटेड फ्याट्टी एसिड, ओमेगा–६ फाइबर, आइरन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस जस्ता तत्त्वले शरीरलाई निकै फाइदा गर्छ । तिलमा हुने मोनोस्याचुरेटेड फ्याट्टी एसिडले शरीरमा कोलेस्ट्रोल स्तर कम गर्छ । मुटुरोग ठीक पार्न पनि यो लाभदायक छ । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ । तिलमा भएको क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियमले मुटुका मांपपेशीहरूलाई काम गर्न सहायता गर्छन् । जाडोमा तिल खाँदा हाडको समस्या हुँदैन । दिनको एक चम्चा खायो भने दाँत बलियो हुन्छ । यसमा फाइबर र एन्टीअक्सिडेन्टको स्तर उच्च हुनाले खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ । तिलमा भएको एन्टीअक्सिडेन्टले क्यान्सर कोशिका बढ्नबाट रोक्छ । तिलमा पाइने लिपोफोलिक एन्टीअक्सिडेन्टले दिमागलाई बूढो हुन दिँदैन । दिनदिनै ति वा तिलबाट बनेका कुरा...
२४ घण्टामा १०५ जनामा काेराेना सङ्क्रमण

२४ घण्टामा १०५ जनामा काेराेना सङ्क्रमण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, फागुन ४ पछिल्लो २४ घण्टामा नेपालमा एक सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार नाै सय ४५ पुगेको छ । यस्तै थप ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय तीन पुगेको छ । अहिले नेपालमा एक हजार पाँच सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणबाट कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ पुगेको छ ।...
पूजा गर्दा किन बालिन्छ त धूप ? जान्नुस् कारण !

पूजा गर्दा किन बालिन्छ त धूप ? जान्नुस् कारण !

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ । किन बालिन्छ त धूप रु कहिल्यै विचार गर्नुभएको छ रु खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ । धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् । प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायक हुन्छ । आजकल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ । प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो...