Thursday, March 28
Shadow

एकैदिन ५ हजार ४ सय ३२ कोरोना संक्रमित डिस्चार्ज


  • -इ
  • इ+

काठमाण्डौँ, माघ १४
पछिल्लो २४ घण्टामा नेपपालमा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय ३२ जना संक्रमित निको भएका छन्।

हाल देशभर ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित रहेका छन्। शुक्रबार देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ। यस्तै एकै दिन १० जनाको मृत्यु भएको छ। नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares