Saturday, April 20
Shadow

स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर ३३०९ जनामा कोरोना संक्रमण, मृत्यु ३०

पछिल्लो २४ घण्टामा देशभर ३३०९ जनामा कोरोना संक्रमण, मृत्यु ३०

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १९ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ८ सय ४४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ। आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा ३० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०३४ पुगेको छ।...
एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

एक साताभित्र बिमा भुक्तानी गर्न अर्थमन्त्री पौडेलको निर्देशन

आर्थिक, ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ कोरोना बिमाको दाबी भुक्तानीमा भइरहेको ढिलाइबारे अर्थमन्त्री विष्णु पौडेलले चासो लिनुभएको छ । मन्त्री पौडेलले मंगलबार सरोकारवालाहरुलाई बोलाएर बिमा दाबी भुक्तानीलाई सरल र सहज बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालका अनुसार कोरोना पोजिटिभ प्रमाणित भएको अवस्थामा बिमालेख बमोजिम प्रदान गरिने बिमांक रकम एक साताभित्र भुक्तानी गर्ने निर्णय भएको छ । त्यसको अनुगमन र समन्वय बिमा समितिले गर्नेछ । कोरोना बिमा दाबी भुक्तानीमा आएका गुनासो सम्बोधन गर्न हेल्प डेस्क सञ्चालन गर्ने पनि निर्णय भएको छ । बैठकमा अर्थमन्त्रीका सचिवहरु, बिमा समितिका अध्यक्ष, नेपाल बिमक संघका अध्यक्षलगायतको उपस्थिति थियो ।...
मंगलबार थपिए ३११४ जना कोरोना संक्रमित

मंगलबार थपिए ३११४ जना कोरोना संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १८ नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुगेको छ। पछिल्लो २४ घण्टामा जनाको ११ हजार १ सय ६६ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ भने १ हजार २ सय ७७ जना क्वारेन्टिनमा छन्। पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ।...
नेपालमा थप २८२५ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २८२५ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ। आज १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ।...
बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

ब्यानर समाचार, राजनिती, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् । ६ कार्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए । १५ कार्तिकमा धुलिखेलस्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि आज आइतबार दिउँसो उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सँगै कोरोना पुष्टि भएको मुख्यमन्त्री पौडेलकी पत्नी विजयाको पुनः परीक्षणको रिपोर्ट पोजेटिभ नै आएपछि उनीहरु दुबै जना ललितपुर भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन् । ७४ बर्षीय मुख्यमन्त्री पौडेल १० दिनमै कोरोनामुक्त भए पनि उनकी पत्नीको रिपोर्ट पोजेटिभ आएका कारण सरकारी निवासको आइसोलेसनमा राखिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए । हाल मुख्यमन्त्री र उनकी पत्नीक...
कोरोनाले नेपालमा चार पत्रकारको मृत्यु, चार सय संक्रमित

कोरोनाले नेपालमा चार पत्रकारको मृत्यु, चार सय संक्रमित

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १६ कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जना पत्रकारको मृत्यु भएको छ। नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार चार पत्रकारको मृत्यु भएको छ भने अहिलेसम्म चार सय भन्दा बढी पत्रकार संक्रमित भइसकेका छन्। उच्च जोखिमका साथ रिपोर्टिङमा खटेका पत्रकारको निःशुल्क पिसिआर परीक्षण र उपचाररत सबै संक्रमित पत्रकारको उपचारमा उचित व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ। ‘मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पिसिआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ,’ महासंघका महासचिव रमेश विष्टले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।...
नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १५ पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।...
३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ तीनजना मन्त्रीसहित २४ जना संघीय सांसद कोरोना संक्रमित भएका छन् । सबैभन्दा पहिले गत साउन १६ गते सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई कोरोना संक्रमण भएको संसद सचिवालयले जनाएको छ । कोरोना संक्रमित मन्त्रीहरुमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, भौत्तिक योजना तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल छन् । तीनै जना मन्त्री अहिले भने कोरोना मुक्त भइसकेका छन् । संघीय संसद सचिवालयका अनुसार एक जना सांसद अस्पतालमा उपचाररत छन । ६ जना कोरोना निको हुने क्रममा छन् । बाँकी १५ जना सांसद पनि कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।...
देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।...
संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ११ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो। कोभिड- १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभएको छ। गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूका नागरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ। यसैबीच पछिल्लो २...