Sunday, May 3
Shadow

स्वास्थ्य

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं , पुस २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ। लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो। केही दिनअघि मेडिसिटी अस्पतालमा उपचार गरी उनी अहिले खुमलटारस्थित घरमै आराम गरिरहेकी छन्। यसअघि उनको अमेरिका, सिंगापुर र भारतमा पनि उपचार भएको थियो।...
पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४२१ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १९ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।...
कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित

कोरोनाबाट थप ८ जनाको मृत्यु, ४ सय २१ नयाँ संक्रमित

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १९ नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार आठ सय पिसिआर परीक्षणमा उनीहरूमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या५ हजार ४ सय ८७ छ । ६ सय ३७ संक्रमणमुक्त भएसँगै हालसम्म २ लाख ५४ हजार चार सय ९४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १८ सय ७८ जना पुगेको छ । बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ ।...
थप एक कोरोना संक्रमितको मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १९ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ३ का ६६ वर्षीय पुरुष रहेका छन् । उनका अनुसार गत १८ गते पोजेटिभ नतिजा आई अस्पताल भर्ना भएका बिरामीको आइतवार बिहान अस्पतालको फिभर क्लिनिकमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।...
सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सभापति के.सीद्धारा पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राजनिती, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १९ नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह के.सीले बेलकोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कोभिड १९ अर्थात कोरोनाभाइरसको प्रभावले बन्द रहेका विद्यालयहरु संचालनमा आए संगै विद्यालयहरुलाई स्वास्थ्य सामाग्री आवश्यकता रहेकाले सभापति के सीले उक्त विद्यालयलाई माक्स, सेनिटाइजर,थर्मल गन लगाएतका सामाग्री हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा बेल्कोटगढी नगरपालिका-काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्याम ढुंगाना, नकुल पाण्डे,लागाएत स्थानिय र विद्यालयका शिक्षक, शिक्षिकाको उपस्थिति रहेको थियो । ...
गम्भीर रोग लाग्नबाट बच्नका लागि यी १० फलहरु नियमित रुपमा खानुहोस्

गम्भीर रोग लाग्नबाट बच्नका लागि यी १० फलहरु नियमित रुपमा खानुहोस्

जिवनसैली, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १९ हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ तर प्रत्येक फलले समान पोषण भने प्रदान गर्दैन। केहि फलहरू छन् जुन अत्यन्तै लाभदायक हुन्छ र शरीरलाई गम्भीर रोगहरूबाट बचाउँछ। भोगटे  भोगटे अमिलो फलहरूमा सबैभन्दा स्वस्थ मानिन्छ। यो भिटामिन र खनिजहरूको उत्तम स्रोत हो। तौल घटाउनुका साथै यसले इन्सुलिनको स्तर पनि कम गर्दछ। ९१ जनामा ​​गरिएको अनुसन्धानमा, भोगटे नखानेको तुलनामा  खाजा भन्दा पहिलो आधा ताजा भोगटे दानाले १।३ वचन कम भएकोपाइएको थियो । यसको अलवा भोगटेले कोलेस्ट्रोलको स्तर कम गर्दछ र किडनीमा पत्थरी हुने समस्या रोक्न सहयोग गर्दछ । भुईँ कटहर  भुईँ कटहरलाई पोषणको सुपरस्टार भनिन्छ। एक कप भुईँकटहर दैनिक सेवन गर्नाले १३१ प्रतिशत भिटामिन सि र ७६ प्रतिशत मैंगनीज पाइन्छ । भुईँ कटहरमा ब्रोमेलेन पाइन्छ जो इन्फ्लेमेन्टरी एन्जाइमको मिश्रण हो । प्रोटीन पचाउन सक्ने क्षमताका लाग...
पाँच दिन लकडाउनको घोषणा

पाँच दिन लकडाउनको घोषणा

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाणडौं, पुष १९ कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि डोल्पामा पाँच दिन लकडाउनको घोषणा गरिएको छ। आइतबारदेखि पाँच दिन लकडाउन लगाइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ। पुस २३ गतेसम्म सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ। यो अवधिमा बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट गर्न पाइनेछैन। लकडाउनमा पनि दैनिक उपभोग्य सामान खरिदका लागि समय तोकिएको छ। सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला रहनेछन्। तर, होटल, रेस्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन्।...
टिबी रोगको नयाँ औषधि पत्ता लगाए वैज्ञानिकले

टिबी रोगको नयाँ औषधि पत्ता लगाए वैज्ञानिकले

स्वास्थ्य
काठमाडौं, पुस १८ । वैज्ञानिकले ट्युबरकुलोसिस अर्थात् टिबीको औषधि पत्ता लगाएका छन् । बेडाक्युलिन नामको जुन औषधिको मद्दतले ९० प्रतिशत रोगीको उपचार सम्भव भएको उनीहरूले दाबी गरेका छन् । बेलारुसमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको बताइएको छ । वैज्ञानिकले टिबीरोगीलाई केही महिनासम्म एन्टिबायोटिकसँगै नयाँ औषधि बेडाक्युलिन दिएका थिए । १८१ जना टिबी रोगीको उपचार गर्दा १६८ जना पूरै ठीक भएका थिए । परीक्षणका लागि सो औषधि युरोप, अफ्रिका तथा साउथ एसिया पनि सुरु गरिएको छ । अनुसन्धान टिमका प्रमुख हेड एलेनाका अनुसार नयाँ औषधि टिबीको उपचारका लागि प्रभावकारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि मल्टिड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिसमा ५५ प्रतिशत मात्र उपचार सफल भएको थियो । विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार २०१७ मा टिबी रोगबाट करिब १७ लाख मानिसको मृत्यु भएको थियो । वायु संक्रमणका क...
ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

ज्येष्ठ नागरिकलाई कोभिडबारे सचेतना

समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौं, पुष १८ ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्च विराटनगरको वार्षिक साधारण सभा सम्पन्न भएको छ । विराटनगरमा शनिबार एक कार्यक्रमबीच सम्पन्न कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई विराटनगर महानगरपालिका वडा नम्बर १ कार्यालयले ज्येष्ठ नागरिकलाई मास्क सहयोग गरेको छ । वडाअध्यक्ष उद्धव अर्यालले वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लक्ष्य गरी विभिन्न कार्यक्रम तय गरिएको बताए । भने,“ज्येष्ठ नागरिक समाजमा सम्पत्ती हुन अहिले महामारीका बेला उहाँहरुको स्वास्थ्य सुरक्षा स्थानीय सरकारको सरोकार हो ।” कार्यक्रममा स्वास्थ्यकर्मीलाई सहभागी गराई ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बच्ने उपायबारे जानकारी गराइएको यिो । मञ्चका अध्यक्ष डिल्ली पोखरेलले कोभिड १९ का कारण चैतयता कुनै पनि गतिविधि गर्न नसकिएको भन्दै अब स्थिति सहज हुँदै गए तीर्थाटन गराउने जानकारी दिए । भने,“कोरोनाले ज्येष्ठ नगारिक नै बढी प्रभावित ब...
पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४१९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १७ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४२ हजार ७ सय २ पुगेको छ। शनिबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७० पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ।...