Friday, April 26
Shadow

टिबी रोगको नयाँ औषधि पत्ता लगाए वैज्ञानिकले


  • -इ
  • इ+

काठमाडौं, पुस १८ । वैज्ञानिकले ट्युबरकुलोसिस अर्थात् टिबीको औषधि पत्ता लगाएका छन् । बेडाक्युलिन नामको जुन औषधिको मद्दतले ९० प्रतिशत रोगीको उपचार सम्भव भएको उनीहरूले दाबी गरेका छन् । बेलारुसमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको बताइएको छ ।

वैज्ञानिकले टिबीरोगीलाई केही महिनासम्म एन्टिबायोटिकसँगै नयाँ औषधि बेडाक्युलिन दिएका थिए ।

१८१ जना टिबी रोगीको उपचार गर्दा १६८ जना पूरै ठीक भएका थिए । परीक्षणका लागि सो औषधि युरोप, अफ्रिका तथा साउथ एसिया पनि सुरु गरिएको छ । अनुसन्धान टिमका प्रमुख हेड एलेनाका अनुसार नयाँ औषधि टिबीको उपचारका लागि प्रभावकारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसअघि मल्टिड्रग रेसिस्टेन्ट ट्युबरक्लोसिसमा ५५ प्रतिशत मात्र उपचार सफल भएको थियो ।

विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनअनुसार २०१७ मा टिबी रोगबाट करिब १७ लाख मानिसको मृत्यु भएको थियो । वायु संक्रमणका कारण उत्पन्न हुने टिबी एक घातक रोग हो । जसका कारण मानिसको मृत्युसम्म हुने गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares