Sunday, May 3
Shadow

स्वास्थ्य

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

भारतका स्वास्थ्य मन्त्रीले भने : कोभिड १९ को खोप देशभर निशुल्क हुनेछ

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ भारतका स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले कोभिड १९ को खोप पहिलो चरणमा सबैभन्दा बढी प्रभावितहरुलाई दिइने जनाएका छन्। एक करोड स्वास्थ्यकर्मी र दुई करोड फ्रन्टलाइनमा कार्यरत व्यक्तिलाई पहिलव चरणमा खोप दिइने उनले जानकारी दिए। साथै देशभर खोप निशुल्क हुनेसमेत जनाएका छन्। जुलाइसम्म भारतमा २७ करोड जनसंख्यामा कोरोनाको खोप उपलब्ध गराइसक्ने तयारी भइसकेको उनले जनाएका छन्।...
चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

चीनले आफैँले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई प्रयोगको स्वीकृति दियो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १८ चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ। चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो। बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको चीनका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। सो खोप अब चिनियाँहरुले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन्। त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधी कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिक रुपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ। चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो। उक...
पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १७ पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ। शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ७ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।...
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

समाचार, समाज, स्वास्थ्य
काठमाण्डौं, पुष १७ रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई १० पुसमा अस्पताल भर्ना गरिएको थियो ।...
बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत

बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत

ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौं  विश्व स्वस्थ्य संगठनले फाइजर बायोएनटेक खोपलाई आपत्कालीन प्रयोगका लागि सूचीकृत गरेको छ ।   बेलायतबाट डिसेम्बर १० मा आपत्कालीन प्रयोग गर्न सुरु गरिएको फाइजरको खोप अहिले अमेरिकालगायत १७ ओटा मुलुकले प्रयोग गरिरहेका छन् । बिहीबार फाइजरलाई अनुमति दिँदै अब युनिसेफ र अमेरिकी स्वास्थ्य संगठनलाई पनि विश्वभर खोप वितरण गर्न बाटो खुलेको जनाएको छ ।   अल्ट्रा कोल्डचेन अर्थात् माइनस ६० देखि ९० डिग्री सेल्सियससम्ममा भन्डारण गर्न सकिन्छ  भने यसको बजार मूल्य १९.५ डलर प्रतिखोप तोकिएको छ ।...
राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

राष्ट्रियसभाका एक सांसदसहित ६ जनालाई कोरोना

समाचार, स्वास्थ्य
काठमाण्डौं, पुष १७ संघीय संसदको राष्ट्रियसभाका एक सदस्यसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रियसभाका १ सदस्य र ५ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। एक जना माननीय सदस्य र पाँच जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ हिजो बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए। राष्ट्रियसभाको हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि बस्दैछ।  प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्। एक सांसद र पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रम...
पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १६ पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ। बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ जना क्वारेन्टाइनमा छन्। बिहीबार मात्र ४ सय ४७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ।...
स्वास्थ्यका लागि दूध र दहीमा कुन खानु राम्रो ?

स्वास्थ्यका लागि दूध र दहीमा कुन खानु राम्रो ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । नेपालमा दूध र दही दैनिक जीवनमा धेरैले सेवन गर्छन् । दुवैको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक मानिन्छ कमैलाई थाहा छ । दूधलाई जमाएर अमिलो बनाएर दही बनाइन्छ । यसमा भएका ब्याक्टेरियाका कारण पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइने वैज्ञानिकहरू बताउँछन् । दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । साथै दहीमा हुने तत्वले अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न पनि सहयोग गर्छ । अर्को कुरा त दूध छिट्टो नपच्ने हुँदा यसले कब्जियत तथा ग्यास पैदा गर्छ । दही तुरन्तै पच्ने हुँदा खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई सहयोग पुग्छ । डाक्टरहरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको समयम...
प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौँ, पुष १५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुन: समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो । प्रचण्डकी निजी सचिव एवम् पुत्री ग‌ंगा दाहालले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी दिएकी छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सीता अस्पताल भर्ना भएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने उनले खुलाएकी छैनन् । लामो समयदेखि बिरामी रहेकी सीतालाई प्रचण्ड परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित छिन । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिए...
मौसम परिवर्तन हुँदा मानिस किन धेरै बिरामी हुन्छन् ?  यस्तो छ कारण

मौसम परिवर्तन हुँदा मानिस किन धेरै बिरामी हुन्छन् ? यस्तो छ कारण

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं , पुस १४ । जाडो सकिएर गर्मी लाग्दा वा मौसम परिवर्तनका अन्य समयमा धेरैजनालाई रुघामर्की वा खोकी र भाइरल बिरामी लाग्छ । किन यसो हुन्छ त ?  हामी आज यसका बारेमा बताउनेछौं । तापक्रममा परिवर्तन आएपछि अनेकथरीका भाइरस उब्जिन्छन् । अनि यिनै भाइरसले मानिसलाई बिरामी बनाउँछन् । राइनोभाइरस र कोरोनाभाइरसले मानिसलाई गर्मी र जाडोमा मानिसलाई बिरामी बनाउन मुख्य भूमिका निर्वाह गर्छन् । यो इन्फ्लुएन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई रुघाखोकी तथा बिमारी लगाउँछ । यस्ता परिस्थितिमा मानिसलाई पूर्ण रूपमा सामञ्जस्य मिलाउन गाह्रो पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस यस्ता रोगको छिट्टै शिकार हुन पुग्छन् । बहिरी तापक्रम बदलिँदा शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । यसैले मानिसलाई छिट्टो बिरामी बनाउँछ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने स...