Thursday, April 25
Shadow

समाज

आजको मौसम , कुन प्रदेशको कस्तो ?  यस्तो छ पूर्वानुमान

आजको मौसम , कुन प्रदेशको कस्तो ? यस्तो छ पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं पुस ८ । अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष ८ गते (बुधबार) दिउँसो : प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशका पहाडी भू-भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : देशभर मौसम सामान्यतया सफा रहनेछ । पौष ९ गते (बिहिबार) दिउँसो : देशभर मौसम सामान्यतया ...
चितवन कारागारका एक कैदीको मृत्यु

चितवन कारागारका एक कैदीको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ७ । चितवन कारागारमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् । उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो ।आन्द्रामा समस्या देखिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । कार्यालयमा अहिले रहेका ६९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् । कारागारमा महिला बन्दीगृहको क्षमता २५ जनाको र पुरुष बन्दीगृहको क्षमता २५५ रहेको छ ।...
जाडोमा खानुस्  अदुवा हालेको चिया  , यस्ता छन् फाइदा

जाडोमा खानुस् अदुवा हालेको चिया , यस्ता छन् फाइदा

जिवनसैली, टिप्स, समाचार, समाज
काठमाडौं, पुस ७ । अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा स्वास्थ्यका लागि निकै फाइदा हुने चिकित्सकहरु बताउँछन् । चिया पिउनु हरेक मानिसको आदत नै भइसकेको अवस्थामा चियामा अदुवा हालेर खाँदा स्वादसँगै शरीरलाई धेरै फाइदा पुग्ने गर्छ । अदुवामा भिटामिन सीको मात्रा उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ । यस्ता छन् अदुवा हालेको चिया पिउनुका फाइदा -कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्ता वा अन्य विमारी हुने समस्या आउँदैन । -शरीरमा असजिलो महसुस भएमा अदुवा हालेको चिया खानु राम्रो हुन्छ । अदुवाले पाचन प्रणाल...
सरकारले लगायो बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, किन लगायो ?

सरकारले लगायो बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, किन लगायो ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस ७ । सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकले अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै उडानमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । यो निर्णय बुधबार राति १२ बाट अर्को सूचना जारी नभएसम्म कायमै रहने प्राधिकरणले जानकारी दिएको छ ।...
नेकपामा विभाजन देखिएका बेला राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

नेकपामा विभाजन देखिएका बेला राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले यति बेला राजनीतिमा तरंग ल्याएको छ। राजनीतिमा आएको तरंगले सबैलाई तताएको त छ भने सबैको ध्यान पनि यतैतिर केन्द्रित छ । यसैबीच नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । राजदूत यान्छी साँझ करिब ६ बजे राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् ।राजदूतको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ । चिनियाँ दूतावासले एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।...
नेविसंघ कार्यकर्ताद्वारा रत्नपार्कमा जुलुससहित प्रदर्शन, संसद विघटनको चर्को विरोध

नेविसंघ कार्यकर्ताद्वारा रत्नपार्कमा जुलुससहित प्रदर्शन, संसद विघटनको चर्को विरोध

ब्यानर समाचार, राजनिती, समाज
काठ्माडौं , पुस ७ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छन् । संसद विघटनको विरोधमा मंगलबार साँझ राजधानीको रत्नपार्कदेखि भोटाहिटीसम्म नेविसंघका कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् । मसाल जुलुसपछि रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कोणसभालालई सम्बोधन गर्दै विद्यार्थी नेता कुन्दन काफ्लेले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमको चर्को विरोध गरेका छन् । उनले सर्वोच्च अदालले जनताका पक्षमा फैसला गर्ने विश्वासमा आफुहरु रहेको दाबी गरेका छन् । साथै ओलीले चालेको कदम विरुद्ध एक जुट हुन समेत आग्रह गरेका छन् ।  उनले नेकपाको कोठे राजनीतिले देशका तमाम जनतालाई गुमराहमा राखेको भन्दै आक्रोश पोखे ।...
सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

समाचार, समाज, स्थानिय तह
काठमाडौ, पुस ७ सामाजिक अभियान्ता रामेश्वर गजुरेलको पहलामा आर्थिक बिपन्नताले पीडित परिवारलाई आर्थिक रकम खाद्यान्न एवम् लत्ताकपडा बितरण गरिएको छ । नुवाकोटको तार्केश्वर गाउँपालिका वडा न. १ उपल्लोछाप निवासी अत्यन्तै गरिव पीडित निमुखा र दुबै आँखा देख्न नसक्ने बेसाहरा एकल महिला कान्छी माया तामाङको नाबालक दुई छोरी र एक छोरा भएको र ती नाबालक बच्चाहरुलाइ लालनपालन र हेरचाह गर्ने कोहि पनि नभएकोले पीडित परिवारलाई खाद्यान्न लत्ताकपडा र केही नगद सहयोग गर्ने योजना बनाएर सामाजिक संजाल मार्फत रकम संकलन गरिएको अभियान्ता गजुरेलले बताए । स्थानीय बिमला तामाङले सामाजिक संजाल मार्फत सहयोगको अपिल गरे पछी बुधबार पीडित कै घरमा गयर ४० हजार ६ सय १० रुपैयाँ र २१ हजार २ सय ४० रुपैयाँ बराबरको ६ महिना लाई पुग्ने गरि खाद्यान्न ३ बच्चाहरूलाई र आमालाई जाडोमा लगाउने कपडा, ओढ्ने ओछ्याउने लगाएतका सामाग्री वितरण गरिएको...
योगदान रास्ट्रको लागि सस्थाको प्रथम रास्ट्रीय  स्वयंसेवक भेला तथा प्राथमिक उपचार तालिम सम्पन्न

योगदान रास्ट्रको लागि सस्थाको प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा प्राथमिक उपचार तालिम सम्पन्न

समाचार, समाज, स्वास्थ्य
काठमाडौ,पुस ७ योगदान रास्ट्रको लागि सस्थाको आयोजनामा प्रथम रास्ट्रीय स्वयंसेवक भेला तथा पहिलो लटको प्राथमिक उपचार तालिम राजधानीमा समपन्न भएको छ । प्राथमिक उपचार समबन्धी ज्ञान र सीप देसका हरेक नागरिकलाइ पुगोस भन्ने उद्देश्यका साथ योगदान रास्ट्रका लागि सस्थाले १० दिने प्रथम रास्ट्रीय स्यमसेबक भेला आयोजना गरेको हो । उक्त कार्यक्रम का प्रशिक्षक तथा सस्थाका अध्यक्ष ओम उप्रेतीले मुलुक भरका सबै स्थानिय तहसम्म प्रथामिक उपचार सम्बन्धि तालिमको पहुँच पुग्ने कुरा बताउनु भयो । पौष १ गते देखि संचालन गरिएको तालिममा नुवाकोट जिल्ला को ककनी गाउँपालिका ,लिखु गाउपालिका,तादी गाउँपालिका बाट ५ जना स्वयंसेवकहरुलाई प्राथमिक उपचार समबन्धी तालिम दिइएको छ । पहिलो चरणको तालिम आइतबार समपन्न भएको र दोस्रो चरणकाे तालिम पौष ६ सोमबार बाट १० गते सम्म संचालन गरिने कुरा योगदान रास्ट्रको लागि टिम नुवाकोट को अध्यक्ष...
पशुपति क्षेत्र खुलेसँगै बढ्यो चहलपहल

पशुपति क्षेत्र खुलेसँगै बढ्यो चहलपहल

समाचार, समाज
काठमाडौं , पुस ७ । नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख ८२ हजार ८०६ जम्मा भएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथ मन्दिरमा दैनिक करिब तीन हजार भक्तजनले दर्शन गर्न थालेका छन् । सोमबार र शनिबार बढी भक्तजनको भीड लाग्ने गरेको छ । हाल बिहान ६ बजेदेखि एक बजेसम्म मात्र भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको पनि उनले बताए । मन्दिर खुलेसँगै पशुपति क्षेत्रका फूल प्रसाद व्यवसायी पनि सक्रिय हुन...
कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरूबाट केही आसा गर्न सकिन्न :  पूर्वराजा शाह

कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरूबाट केही आसा गर्न सकिन्न : पूर्वराजा शाह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि यति बेला तीब्र विरोध भइरहेको छ । देशका विभन्न ठाउँ ठाउँमा प्रर्दशन भइरहेको छ । भने विभिन्न  राजनीतिकदल नै तरंगीत भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेताहरु सडकमै आएका छन् । यसैबीच संसद्‌ विघटन भइसकेपछि त्यसविरुद्ध पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति आएको छ ।पूर्वराजा शाहले सामाजिक सञ्जालमा जनताको मतको कदर नगर्ने नेताहरूबाट केही पनि आशा गर्न नसकिने टिप्पणी गरेका छन् । उनले लेखेका छन्,  जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्याव...