Saturday, May 18
Shadow

समाज

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम २ डिग्रीमा

मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौं , पुस १० । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराई/पहाडका केहि भू-भागमा हुस्सुरकुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको शुक्रबार बिहानको तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । बिहीबार न्यूनतम तापक्रम ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम शुक्रबार झण्डै २ डिग्रीले घटेको हो । काठमाडौंको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने पूर्वानुमान गरिएको छ ।...
विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ?  यस्तो छ धार्मिक आस्था र महत्व

विश्वभर ‘क्रिसमस डे’ मनाइँदैै , किन मनाइन्छ ? यस्तो छ धार्मिक आस्था र महत्व

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । विक्रम संवत् ०६२–६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख...
स्थानियतहमा लुटको खेती :  सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् । भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् ।...
आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

आईपी टीभी शुरू गर्ने तयारीमा टेलिकम, यस्तो छ सुविधा

समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस ९ । नेपाल टेलिकमले दुई वर्षदेखि तयारी गरेको आईपी टीभीको प्राविधिक काम सकेर औपचारिक रूपमा एक सातापछि घोषणा गर्ने भएको छ। ग्राहकको रोजाई इन्टरनेटसँगै आईपी टीभीतर्फ भएकोले सजिलो र सहजताका लागि टेलिकमले प्रविधिको प्रयोगबाट टीभी हेर्ने सुविधा थप गरेको हो। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले १७ पुसदेखि फाइबर टू दि होम ९एफटीटीएच०मार्फत आईपी टीभी सेवा शुरू गर्ने भएको छ। टेलिकमले काठमाडौं उपत्यकाबाट यो सेवा शुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने घोषणा आगामी साता गर्दैछ। टेलिकमले शुरू गर्न लागेको इन्टरनेटसहितको यस्तो आईपी टीभी ग्राहकले प्रविधिको प्रयोगले टीभी हेर्न पाउने सुविधा थप हुने बताएको छ। यस्तो इन्टरनेटमा ग्राहकले १५ एमबीपीएस भन्दा माथिको गतिमा लिएको सेवाका लागि आईपी टिभी उपलब्ध हुने टेलिकमका सहप्रवक्ता रन्जित लोहिया बताउँछन्। आईपी टीभीको सेव...
उठ्दैछ धरहरा : २०औं तलाको पुनर्निर्माण सकियो

उठ्दैछ धरहरा : २०औं तलाको पुनर्निर्माण सकियो

मुख्य समाचार, समाचार, समाज
काठमाडौ , पुस ९ । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कूल २३ तला रहने पनि ज्ञवालीले बताए । यस्तै, धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रूत गतिमा भइरहेको सीईओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तीव्र गतिमा भइरहेको छ । जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरह...
आगो ताप्ने क्रममा जलेर मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

दुर्घटना, समाचार, समाज
काठमाण्डौँ, पुष ९ कञ्चनपुर पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेका थिए । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।...
गौतमबुद्ध रङ्गशालाका लागि रत्ननगर नगरपालिकाकाे रु १० लाख सहयाेग

गौतमबुद्ध रङ्गशालाका लागि रत्ननगर नगरपालिकाकाे रु १० लाख सहयाेग

समाज
काठमाडौं, पुस ९ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गरेका हुन । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्त...
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

अपराध, समाचार, समाज, स्थानिय तह
  काठमाडौं, पुस ९ । पाँचथरको हिलिहाङ गाउँपालिका–५, सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३१ वर्षीय धनबहादुर उभरकोटीले बुधबार राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयबासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । धनबहादुरले मादकपदार्थ सेवन गरी घर आएको स्थानीयबासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस ९ । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा त्यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै त्यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले त्यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थि...
बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

बल्खुमा जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ९ । ललितपुरको बल्खुमा गए राति जीपको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । बा२१ च५०६४ नम्बरको जीपले ठक्कर दिँदा नवलपरासी देवचुली नगरपालिका घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा पैदल हिँडिरहेको बेला अधिकारीलाई जीपले ठक्कर दिएको हो । जीपको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि तत्कालै नजिकै रहेको बयोधा अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । जीपका चालक राजु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...