Monday, October 26
Shadow

समाचार

तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणको लागि चार अभियान सञ्चालन

तारकेश्वरद्वारा डेङ्गु नियन्त्रणको लागि चार अभियान सञ्चालन

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुुका बिरामी बढी पाइएको छ । यस्तै, तारकेश्वरले डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ । सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, ...
चिनियाँ नेता ली स्वदेश फर्किँदै

चिनियाँ नेता ली स्वदेश फर्किँदै

ब्यानर समाचार 2, समाचार
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गर्नुभयो । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो । उहाँ सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको थियो । चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विवि...
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

ब्यानर समाचार 2, समाचार
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिन...
फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’

फुलकोर्टको निर्णय : ‘सर्वोच्चका न्यायाधीश सिफारिस समितिमा जान मिल्दैन’

ब्यानर समाचार 2, समाचार
सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले महाअभियोग सिफारिस समितिमा बहालवाला न्यायाधीशहरु जानु संविधानसम्मत नभएकाले नजाने निर्णय गरेको छ । कामु प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशसहितको आज बसेको फुलकोर्टले नेपालको संविधान र स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्तअनुसार जानु उपयुक्त नभएको निर्णय गरेको सर्वोच्च अदालतका कामु रजिष्ट्रार नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । महाभियोग सिफारिस समितिले अनुसन्धानका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका न्यायाधीश, वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई बयानमा बिहीबार बिहान ८ः३० बजे बोलाउने आजै निर्णय गरेको थियो । बहालवाला न्यायाधीशलाई समितिले बोलाउने निर्णयको पत्र सर्वोच्च अदालतमा प्राप्त भएपछि फुलकोर्ट बैठक बसेको थियो । फुलकोर्टको निर्णयमा भनिएको छ, “महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका...
वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

आर्थिक, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- २०७९ भाद्र २५  गते काठमाडौँ महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाको खुल्ला सत्रको सभापतित्व सुरज के.सी. को सभापतित्वमा भएको थियो भने उद्घोषण माधवप्रसाद तिमल्सिना ले गर्नुभएको थियो। त्यस कार्यक्रममा राष्ट्रिय सहकारीको जिल्ला अध्यक्ष के.बी. उप्रेती प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिशेष अतिथिमा प्रा.डा. अरहन स्थापित हुनुहुन्थ्यो । कार्यक्रम खुल्ला र बन्द सत्र गरि दुईभाग मा भएको थियो । पहिलो सत्रमा शुभकामना मन्तव्य , बार्षिक कार्यक्रम , वार्षिक प्रगति , पुरस्कार सम्मान ,मनोरञ्जन आदि भएको थियो । दोस्रो , बन्दसत्रमा निर्वाचन प्रक्रियामा सर्वसम्मत मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भएक...
बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

ब्यानर समाचार 2, समाचार
बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ । आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिनुभयो ।...
१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

१६ वर्षपछि कतार प्रहरीको सहयोगमा पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो । साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिनुभयो । प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको ...
भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

Uncategorized, कृर्षि, ब्यानर समाचार 2, समाचार
काठमाडौँ-यहाँ पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो । यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो । पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान सेवा सञ्चाल...
कक्षामा अध्ययनरत टुहुरा बालबालिका

कक्षामा अध्ययनरत टुहुरा बालबालिका

शिक्षा, समाचार
तनहुँको व्यास नगरपालिका–७ नरङ्गा सिषमटारस्थित व्यास नगर समता विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालबालिका । शिक्षाको ज्योतिबाट वञ्चित हुन लागेका टुहुरा तथा अति विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन नगरपालिकाको व्यवस्थापनमा सञ्चालित विद्यालयमा आवासिय सेवासहित ४३ बालबालिका अध्ययनरत छन् । तस्बिर:रासस...
जुम्ली स्याउ : बजारीकरणका लागि महोत्सव हुँदै

जुम्ली स्याउ : बजारीकरणका लागि महोत्सव हुँदै

कृर्षि, ब्यानर समाचार 2, समाचार
यहाँको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने आयोजक कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताउनुभयो । सम्मेलनमार्फत जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने जनाइएको छ । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के नाच र स्थानीय कलाकारसमेतको प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवद्र्धन, स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्र...