नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्।
राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् ।
दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए।
...
नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक हप्ता लामो इन्डोनेसिया भ्रमणमा गएका छन् । मंगलबार श्रीमतीसहित इन्डोनेसिया गएका बालेनको यो व्यक्तिगत भ्रमण रहेको उनको सचिवालयले जनाएको छ ।
उनका स्वकीयसचिव भूवदेव शाहका अनुसार उनी पुष २५ गते नेपाल फर्किने कार्यतालिका छ ।
इन्डोनेसियाको बाली नेपालीहरुको लागि सबैभन्दा धेरै भ्रमण गन्तव्यको शहर हो । यहाँ जानको लागि पूर्ववत् भिसा लगाउनु नपर्ने भएकोले यहाँ नेपालीहरु धेरै घुम्न जाने गर्छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण रहेको पनि शाहले बताए ।...
टोखा नगरपालिकाले यस क्षेत्र भित्र दर्ता भई सञ्चालनमा आएका व्यक्ति तथा संघ संस्था लाई सम्पत्ति कर, वहालकर , एवं व्यावसाय कर तिर्न भनि एक सूचना जारी गरेको छ।
साथै दर्ता नभएको व्यवसायीहरूले व्यावसाय दर्ता गरि कर तिर्न नगरपालिकाले यस सूचना द्वारा जानकारी गराएको छ।
सूचना मा उल्लेख भए अनुसार नगर्ने व्यक्ति तथा संस्थालाई प्रचलित कानुन अनुसार कारबाही हुने बेहोरा समेत जानकारी गराईन्छ ।
...
काठमाडौं । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई सरकारले कालो सूचीमा राखेको छ । यसरी कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउने भएका छन् ।
निर्धारित समयमा काम नगरी कालो सूचीमा परेकाहरुमा सूर्योदय कन्ट्रक्सन र यसका संचालक तुल्सीराम रायमाझी रहेका छन । सो कन्ट्रक्सनलाई एक वर्षका लागि कालो सूचीमा राख्न भनिएको छ ।
उक्त फर्मलाई कालो सूचीमा राख्नका लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखराले लेखी पठाएको हो । यो कम्पनीले समयमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम गर्न नसकेका कारण कालो सूचीमा राखिएको हो ।
एसएसपी कन्ट्रक्सन धादिङ र यसका संचालक फौदनाथ सापकोटालाई कालो सूचीमा राख्नका लागि खैरहनी नगरपालिका चितवनले ...
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको भएको जानकारी दिएका हुन् ।
मृतकको परिवारलाई १०–१० लाख आर्थिक सहयोग दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेको मन्त्री पौडेलले बताए ।
यस्तै, कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन लाग्ने खर्च पनि सरकारले नै व्यहोर्ने उनले बताए ।
मन्त्री पौडेलले भने– ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ ।
...
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चितता लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय भएको बताएका हुन् ।
उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको बताए ।
उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।
उनले भने, ‘अर्थ...
भन्सार एजेन्टहरुले राजस्व संकलनमा वृद्धि गर्न र भन्सार एजेन्टहरुको हित हुनुपर्नेमा जोड दिदै भन्सार एजेन्टहरुको १४ बुदें मागपत्र अर्थमन्त्रीलाई अर्थमन्त्रीको कार्यकक्षमा बुझाएका छन ।भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले आज अर्थ मन्त्रालयमा अर्थ मन्त्री विष्णु प्रसाद पौडेललाई एक कार्यक्रमका विच ध्यानाकर्षण गराई ज्ञापन पत्र बुझाएको छ । अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएसंगै र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थ मन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६१८ जनालाई इजाजत पत्र वितरण गरेको थियो ।
राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथ...
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान प्रोत्साहन स्वरुप दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उक्त अनुदान दिइने भएको हो ।
नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत प्रदान गर्दै आएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको बस्नेतले बताए ।
नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको छ ।
...