हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको:- मिर्जा राशिद
कृष्णनगर, कपिलवस्तु, मंसिर ११
नेपाल हज समितिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा मङ्गलबार हज सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हजयात्रीहरूलाई हज यात्रा गर्दा ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू र समस्याहरू समाधान गर्नको उपायबारे जानकारी गराइएको थियो। समितिका सदस्य मिर्जा रासिद बेगका अनुसार कतिपय हजयात्रीहरूले जानकारीको अभावका कारण विभिन्न समस्याहरू झेल्नुपरेकोले यस्ता सचेतना कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
बेगले विगतको तुलनामा हाल हजयात्रीहरूका लागि सहज वातावरण सिर्जना गरिएको जानकारी दिँदै, हज यात्राका क्रममा महत्वपूर्ण नियमहरूको पालना गर्नुपर्नेमा जोड दिए। नेपाल हज समितिका अध्यक्ष इश्रामुल्ला मियाले हजयात्रीहरूको सुविधाका लागि सुधारिएको सेवाबारे चर्चा गर्दै, विगतमा उठेका आलोचनाहरूलाई सम्बोधन गर्दै समितिले अहिले पारदर्शी रूपमा काम गरिरहेको बताए।
कार्यक्रममा प्रतिनि...









