Monday, January 13
Shadow

नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति?


  • -इ
  • इ+

काठमाडौँ- नेपाल प्रहरीले जवान पदमा नयाँ भर्ना खुल्ला गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यस्तैगरी भान्छेका लागि ४७ जना माग गरिएको छ भने कुचीकारका लागि ११ जना माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्नेछन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares