Thursday, April 25
Shadow

समाचार

नेपाल ट्रस्टको सम्पत्ति लथालिङ्ग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

नेपाल ट्रस्टको सम्पत्ति लथालिङ्ग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ । कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने कतिपय सम्पत्ति संरक्षणको अभावमा अलपत्र छ । राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति संरक्षण र सदुपयोग गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित ०६४ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो । तर, १४ वर्ष पुग्दा पनि शिक्षा र स्वास्थ्यमा ट्रस्टको कुनै सम्पत्ति सदुपयोग हुन सकेको छैन । यससम्बन्धी कुनै कार्ययोजना नै बनाइएको छैन । बरु, सरकारले व्यापारीको स्वार्थपूर्ति गर्ने गरी सम्पत्तिको दुरुपयोग गरिरहेको छ । लिजमा लगाएका कतिपय जग्गाबाट ट्रस्टले भाडा समेत उठाउन सकेको छैन । सम्झौता सकिएको सात महिना हुन लाग्दा पनि काठमाडौं प्लाजा खाली गर्न सकेको छैन ...
प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता  (भिडियोसहित)

प्रधानमन्त्री ओलीले दिए हिन्दी भाषामै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता (भिडियोसहित)

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २७ । । प्रतिनिधिसभा विघटनपछि देशमा राजनीतिक अन्यौलता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चुनौती दिइएको छ भने सडकमा पनि विरोध भइरहेको छ। सत्तारुढ दल नेकपा यतिबेला दुई गुटमा विभाजित भइसकेको छ। र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको मिति तय भइसकेको छ। यसैबीच यता प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यान जी न्यूजका लागि अन्तर्वार्ता दिएका हुन्। जी न्यूजका सम्पादक सुधीर चौधरीसँग प्रधानमन्त्री ओली हिन्दी भाषामै अन्तर्वार्ता दिएका छन्। प्रधानमन्त्री ओलीले भारतीय सञ्चार माध्यमलाई यस्तो बेला अन्तर्वार्ता दिएका छन् जतिबेला नेपालमा राजनीतिक संकट बढेको छ। चौधरी ती व्यक्ति हुन जसले नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल चीनको उकसाउमा लागेको बताएका थिए। त्यतिमात्र होइन आदिक...
श्रीमानको हत्या गरेर आत्महत्या, पोष्टमार्टम रिपोर्ट आयो यस्तो

श्रीमानको हत्या गरेर आत्महत्या, पोष्टमार्टम रिपोर्ट आयो यस्तो

समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको टोखास्थित ग्राण्डी भिल्ला हाउजिङमा मृत्त भेटिएका दम्पतीको पोष्टमार्टम रिपोर्टको प्रारम्भिक विवरणमा पतिको हत्यापछि आत्महत्या गरेको पाइएको छ । मृत्तक ३३ वर्षीया सुदीक्षा गिरीले पतिको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । सुदीक्षा र पति उमेश केसीको पोष्टमार्टम रिपोर्टमा पनि पतिको हत्यापछि आत्महत्या गरेको देखिएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टमपछि चिकित्सकले प्रहरीलाई प्रारम्भिक विवरण दिएका छन् । जसअनुसार उमेशको मृत्यु भएको १० देखि १२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको देखिएको उल्लेख छ । शुक्रबार राति पौने ९ बजे उनीहरू मृत्त अवस्थामा भेटिएका थिए । भिल्लाको एक तलामाथि बेडमा उमेश मृत्त भेटिएका थिए भने सो तलामा जाने भर्‍याङमा सुदीक्षा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । चिकित्सकले उमेशको मृत्यु ‘ब्लन्ट फोर्स ...
२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

समाचार, समाज
रवि प्रकाश कसौधन, कृष्णनगर, कपिलवस्तु पुस २७ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरियाको अध्यक्षता तथा राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह रहनु भएको थियो । जस्मा वक्ताहरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए। उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय स...
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २७ । हेटौँडा उपमहानगरपालिका–५ स्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ सवारी दुर्घटना हुँदा स्थानीय एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार हेटौँडाबाट जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० नम्बरको मोटरसाइकललाई चौघडाबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ क ८३३३ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी हेटौँडा–६ निवासी आशिष श्रेष्ठको मृत्यु भएको हो । सोही दुर्घटनामा परी हेटौँडाका निरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।...
माघी पर्वको तीन दिन सार्वजनिक बिदा

माघी पर्वको तीन दिन सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कैलाली , पुस २७ । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताए । पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकाय लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।  ...
बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन !

बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन !

समाचार, समाज
पुष २७, कपिलवस्तु । बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन गरेको छ । धर्मगुरु दामोदर पोखेरेलको संयोजकमा ९ सदस्यीय समिति गठन गरेको छ । जसमा प्रमोद सुवेदि,आनन्द प्रसाद भुसाल,अब्दुल रहिम अन्सरी,वकार अहमद मियाँ,मुस्ताक अहमद,राजकुमार घर्ति मगर,कृष्ण घर्ति मगर,र सामुएल चौधरीका रहनुभएको छ । उक्त समिति धर्मगुरुहरूले बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएका छन् । शिवराज नगरपालिका अन्तर्गत रहेका धार्मिक धर्मगुरुहरूका संग बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम चन्द्र्रौटामा सोमबार सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग...
चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

चुनावको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन, बजेटको अभाव हुन नदिइने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , पुस २७ । गृह मन्त्रालयले आगामी वैशाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचनलाई स्वतन्त्र निष्पक्ष र शान्तिपूर्ण बनाउन गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले निर्वाचनको तयारीमा जुट्न तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। उक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित गृह र अर्थ सचिव तथा तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। बैठकमा सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने स्रोत साधन तथा व्यवस्थापनका सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। बैठकमा गृहमन्त्री थापाले मुलुक निर्वाचनतर्फ केन्द्रित भइसकेकाले सुरक्षाका लागि आवश्यक तयारीमा जुट्न तीनै सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले विगतमा निर्वाचनमा भएको खर्च विश्ल...
बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

बिजुली प्रवाह व्यवस्थित बनाउन प्राधिकरणलाई निर्देशन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा विनाकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको हो । प्राविधिक वा मनोवैज्ञानिक रुपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउन आग्रह गरेको छ । प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवम् पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रुपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । अनावश्यक रुपमा बिजुली काटिनाको पछाडि प्राविधिक समस्या हो वा...
३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

३७ लाख नगद र ७ लाखको चेकसहित नागढुङ्गाबाट एक जना पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २७ । काठमाडौंको नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३७ लाख र सात लाख रुपैयाँको चेकसहित एक जना पक्राउ परेका छन् । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख ९१३९ नम्बरको माइक्रोबस जाँच गर्दा झोलामा लुकाइरहेको ३७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको सात लाख रुपैयाँको चेक र एक थान खाली चेकसहित चितवनको माडीका रामकुमार गुरुङलाई बिहान प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...