Saturday, April 20
Shadow

प्रचण्ड-नेपाल समूहका इन्चार्ज वाग्लेको मृत्यु, घटना रहस्यमय


  • -इ
  • इ+

काठमाडौँ , माघ २२ । नेकपा प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य एवं सर्लाही जिल्ला ईन्चार्ज डाचाराम वाग्लेको मृत्यु भएको छ । जुलुसमा सहभागी भएर घर फर्कने क्रममा वाग्लेको बरहथवा नगरपालिका-९ स्थित नयाँरोड-मधुवनी सडकखण्डमा सवारी दुर्घटनामा मृत्यु भएको हो ।

नेकपा विभाजनपछि प्रचण्ड(नेपाल समूहमा रहेका वाग्लेको मृत्यु संकास्पद रहेको भन्दै छानबिनको माग भएको छ । एकान्त जंगलमा मोटरसाइकलमा एक्लै घर फर्कँदै गरेका वाग्लेको दुर्घटना स्थल असामान्य प्रकृतिको रहेकोले छानबिनको माग गरिएको हो ।

यसैबीच प्रवक्ता नारायणकाजी श्रेष्ठले वाग्लेको मृत्यु रहस्यमय रहेको बताएका छन् । उनले लेखेका छन्- ‘हाम्रो पार्टीको केन्द्रीय सदस्य डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ । अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योद्धाको निधनबाट पार्टी र आन्दोलनमा ठूलो क्षति भएको छ,’

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares