Saturday, May 18
Shadow

समाचार

हुस्सुका कारण तराई र दुर्गम क्षेत्रको उडान प्रभावित

हुस्सुका कारण तराई र दुर्गम क्षेत्रको उडान प्रभावित

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए। बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताए । उनका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान न...
अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

अब ६० अंक ल्याए सवारी लाइसेन्स पाइने

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २९ । सवारीसाधन चलाउन अनुमतिपत्र लिन अनिवार्य पास गर्नुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल)लाई सहज बनाइने भएको छ । ट्रायलमा नम्बर दिँदा ६० वा त्योभन्दा बढी अंक ल्याउने व्यक्तिले सवारीसाधन सञ्चालन गर्ने अनुमतिपत्र (लाइसेन्स) लिन योग्य मानिने गरी कानुनी व्यवस्था संशोधन गर्न लागिएको यातायात व्यवस्था विभागका निर्देशक डा। लोकनाथ भुसालले जानकारी दिए । कानुनी व्यवस्थालाई संशोधन गरेर ट्रायल परीक्षामा समावेश सबै प्राविधिक पक्षको निश्चित अंकभार दिइनेछ । सबै अंकभारलाई समेटेर कुल सय पूर्णांक कायम गरिनेछ । प्रयोगात्मक परीक्षा दिनेले ट्रायल दिने स्थानमा सबै प्रक्रिया पूरा गरेपछि तोकिएको अंकभारअनुसार नम्बर पाउनेछन् । यातायात व्यवस्था विभागका अनुसार यू टर्न गर्दा, ट्राफिक लाइट टेस्ट गर्दा, स्पिड ब्रेकर टेस्टजस्ता विभिन्न टेस्टलाई कठिनताका आधारमा अंकभार दिइनेछ । यसरी ट्रायल पूरा गर्दा...
प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटन मुद्दाः आजदेखि सुनुवाइ हुँदै

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ, पुस २९ । प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ। प्रतिनिधिसभा विघटन विरूद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ। विवाद कहाँ सुनुवाइ हुने भन्ने आज मात्र तय हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको थियो। न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरे। ...
कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

कोरोना महामारी रोक्न मलेसियामा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २९ । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ। मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन्। यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ। संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ। र, प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्ने सामथ्र्य राख्नेछन्। सोमबारसम्म यासिनले संकटकालको कुनै संकेतसम्म पनि गरेका थिएनन्। त्यसैले, राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ। ‘यो कदमले जनताको व्यक्तिगत सुरक्षा र देशको चासोलाई पनि सम्बोधन गरेको छ। पछिल्लो कोभिड १९ तथ्याङ्कलाई समेत आधार मानेर यो निर्णय लिइएको हो,’ राजदरबारद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। राजा र प्रधानमन्त्रीबीच सोमबार साँझ भेटघाट भएको पन...
इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा औषधी नष्ट

इलाका प्रहरी कार्यालय कृष्णनगरद्वारा औषधी नष्ट

समाचार, समाज
  कृष्णनगर, पुस २८ कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहतमा रहेको प्रहरी चौकी बगईबाट गोप्य सुचनाको आधारमा कृष्णनगर नगरपालिका वडा नं. ५ बगही स्थित खटिएको डियुटी टोलीले चेक जाँच गर्ने क्रममा भारत बाट नेपाल तर्फ अबैध रुपमा लैजादै गरेको औषधी जस्तो देखिने बस्तु बेबारिसे अबस्थामा फेला पारी रित पुर्वक बरामद गरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाएको थियो । औषधी जस्तो देखिने बस्तु स्थानिय भद्र भलाद्मी बुद्दीजिवी समेतको रोहवरमा आज इलाका प्रहरी कार्यालय कृष्णनगरको कम्पाउण्डमा खाडल खनी नष्ट गरिएको छ। जस्मा Liflta Supre ६ पिस , Liv- Card ४ पिस , Svgrin Drops १ प्याकेट, PIlodeX Ointment १ प्याकेट ,Rheumatic Forte Teblets १ प्याकेट , ६- क्युमाटोन दर्दनासक तेल १ प्याकेट , टिना कार्ड १ प्याकेट , Clearstone Drops १ प्याकेट , Homoepathic Dilvton १ कार्टुन , १०- Homoepathic T...
गोरु जुधाई प्रतियोगिता बारे एनिमल नेपालको गम्भिर ध्यानाकर्षण

गोरु जुधाई प्रतियोगिता बारे एनिमल नेपालको गम्भिर ध्यानाकर्षण

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, पुष २८ प्रत्येक वर्ष माघ १ गतेका दिन नुवाकोटको विभिन्न स्थानमा हुदैँ आईरहेको गोरु जुधाई प्रतियोगिता पशुकल्याण विपरित भएको भन्दै एनिमल नेपालको गम्भिर ध्यानाकर्षण प्रकट गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै एनिमल नेपालले नुवाकोटको ४ स्थानमा हुने गोरु जुधाई प्रतियोगिता नगर्न अनुरोध गरेको छ । जिल्लाको तारकेश्वर गाउँपालिका,शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र बेत्रावती युवा क्लबलाई विज्ञप्ति मार्फत आजको २१ औँ शताब्दिमा पनि पशुहरुलाई भिड्न लगाई रमाईलो हुन्छ भन्ने मानसिकता तुच्छ र अशोभनिय देखिने साथै गोरुको प्रदर्शन गरी पुरस्कार दिने नै हो भने विना जुधाई सरल तरिका अनुसार गर्न मिल्ने विधिको अवलम्बन गरी पशु कल्याणको मान्यतालाई आत्मसात सहित सम्मान प्रकट गर्न अनुरोध गरेको छ । ...
जब डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम………..

जब डीएसपी छोरीलाई इन्सपेक्टर बुवाले गरे सलाम………..

अचम्मका कुरा, समाचार, समाज
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा तिरुपतिका प्रहरी निरीक्षक श्याम सुन्दरले गुन्टूर जिल्लाकी डीएसपी जेसी प्रशान्तिलाई सलाम गरेका छन् । कनिष्ठ अधिकारीले वरिष्ठ अधिकारीलाई सलाम गरेको सामान्य घटना हैन यो । श्याम सुन्दर पिता हुन् भने प्रशान्ति छोरी हुन् । आफ्नी छोरीले मेहनत गरेर उच्च पद पाएकोमा पिताले सलाम गरेका हुन् । श्याम सुन्दरले वरिष्ठ अधिकारीहरूको स्वागत गर्दै गर्दा छोरीसँग पनि परिचयको अवसर आयो । छोरी डीएसपी भएको देख्दा पिताको छाती गर्वले फुल्यो । उनले नारीशक्तिलाई सम्मान गर्र्दै सलाम गरे ।...
मन्त्रिपरिषद् हेरफेर विरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा, अब माघ ११ मा सुनुवाइ हुने

मन्त्रिपरिषद् हेरफेर विरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा, अब माघ ११ मा सुनुवाइ हुने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन ‘हेर्दाहेर्दै’ मा आगामी माघ ११ गते सुनुवाइ हुने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा आज सुनुवाइ हुँदाहुँदै समय अभावका कारण अर्को सुनुवाइका लागि आगामी माघ ११ गतेका लागि तोकिएको हो । यसअघि यही पुस २० गते न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै आज छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्रबहादुर ओली, केशरजङ्ग केसी, दिनेश लामिछानेले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद् विस्तार नगर्न माग गर्दै रिट निवेदन दा...
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । सरकारले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयानुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ । सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।...
प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीको ठहर

प्रतिनिधिसभा विघटनले लोकतन्त्रलाई कमजोर बनाएको बुद्धिजीवीको ठहर

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस , २८ । विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ । नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्न र सहकार्य गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर सम्पूर्ण बुद्धिजीवीमा अनुरोध गरेको छ । लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत गर्नु राज्यका प्रत्येक अङ्ग र पदाधिकारीको संवैधानिक र राजनीतिक जिम्मेवारी रहेको स्मरण गराउँदै उनीहरुले दलभित्रको आन्तरिक समस्यालाई कारण बनाएर जनप्रतिनिधि संस्थालाई खण्डित गर्न नहुनेमा जोड दिएका छन् । नेपालको संविधानको धारा ७६ ले निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाले उपधारा (१) देखि ६० सम्मका विकल्प प्रयोग गरिसक्दा प...