Thursday, July 2
Shadow

समाचार

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

बलात्कारको आरोपमा वडा सदस्य पक्राउ

अपराध, ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३० । बलात्कार आरोपमा दैलेखमा एकजना जनप्रतिनिधीलाई पक्राउ गरिएको छ । पक्राउन पर्नेमा दुल्लू नगरपालिकाका–५ का निर्वाचित वडासदस्य प्रकाश पोखरेल हुन् । अहिले आरोपित पोखरेललाई बचाउनेको लागि जिल्लादेखी केन्द्रिय स्तरका नेता कार्यकर्ताले पिडितलाई दबाब दिन थालेको पिडित पक्षले गुनासो गरेका छन् । भारतमा मजदूरी गर्ने एक महिला सुतिरहेको अवस्थामा गएराति जबरजस्ती ढोका खोली बलात्कार गर्न खोज्दा पीडित महिला चिच्याएपछि छिमेकीले आरोपितलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले राति नै तत्कालै प्रहरीलाई बुझाइएकोेमा आरोपित दुल्लू इलाका प्रहरी कार्यालयमा थुनामा राखिएको छ । आरोपितका आफन्तले मुद्दा दिन रोकेको पीडित पक्षले टेलिफोनमा बताए । मुद्दा दिनबाट रोक्नु दुल्लूको दरबार होटलमा रोकिएको श्रोतले जानकारी दिएको छ । पीडितको सुरक्षामा प्रहरीले ध्यान नपु¥याएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सव...
४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

४४ हजार नगदसहित जुवाखालबाट ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ४४ हजार नगदसहित जुवाखालबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक कनबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरामा पर्ने आवास क्षेत्रस्थित बलबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत बस्ने ३२ वर्षीय झक्कबहादुर शाही, सोही वडामा बस्ने २६ वर्षीय खेमराज शाही, २३ वर्षीय भरत शाही, ४२ वर्षीय नरेश शाही र वडा–८ मा बस्ने ४४ वर्षीय रेशम पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घरमा जुवातास खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले जुवाखालबाट तीन गड्डी तास र रु ४४ हजार १३५ नगद बरामद गरेको प...
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत हवाई उद्धारका लागि हेलिकोप्टर मगाएको वडाध्यक्ष लिम्बूले बताए । हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्पन्न अस्पतालमा पठाएको उनको भनाइ थियो । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको वडाध्यक्ष लिम्बूले जानकारी दिएका छन् ...
ट्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु

ट्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टरका सह चालक पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका सुर्यमान राईको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको थियो । चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टरका चालक नुरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
सोनाम ल्होछारको प्रधानमन्त्रीले दिए शुभकामना, राष्ट्र निर्माणमा अग्रसर हुन आह्वान

सोनाम ल्होछारको प्रधानमन्त्रीले दिए शुभकामना, राष्ट्र निर्माणमा अग्रसर हुन आह्वान

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकतावद्ध भएर अग्रसर हुन आह्वान गरेका छन् । सोनाम तथा ग्याल्बो ल्होछारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सरकार समृद्ध मुलुक निर्माणको अभियानमा अग्रसर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो अभियानमा एकतावद्ध भएर लाग्न आम नागरिकलाई आग्रह गरे । ‘ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा हामी अग्रसर छौँ,’ सन्देशमा भनिएको छ, ‘समृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाब्क्षालाई पूरा गर्ने अभियान अघि बढाएका छौँ । राष्ट्र निर्माणको यस अभियानमा एकतावद्ध भएर अग्रसर हुन म सम्पूर्ण जनसमुदायमा आह्वान गर्दछु ।’ विभिन्न संस्कृतिमा आधारित पर...
आजको मौसमः उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

आजको मौसमः उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ ३० । मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ । पश्चिमी वायुकै प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ७।८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए । आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।   यस्तो छ तीन दिनको मौसम पूर्वानुमान माघ ३० गते (शुक्रबार) दिउँस...
आज सोनाम ल्होसार मनाइँदै , देशभर सार्वजनिक विदा

आज सोनाम ल्होसार मनाइँदै , देशभर सार्वजनिक विदा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, माघ ३० । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौ...
आज २०७७ माघ ३० गते शुक्रबारको राशिफल

आज २०७७ माघ ३० गते शुक्रबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बोलीको प्रभाव पनि बढ्नेछ बृष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ ।  जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । मिथुन अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कर्कट जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । सिंह अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । कन्या अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै प...
गृह मन्त्रालयले भन्यो- भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन

गृह मन्त्रालयले भन्यो- भिजिट भिसा सम्बन्धी कार्यविधि संशोधन भएको छैन

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ २९ । गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिसासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिसामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालबाट भइरहेको प्रकाशन तथा प्रसारणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यस विषयमा कुनै निर्णय नभएको जनाएको हो । नेपाली महिला कतिपय मुलुकमा पर्यटक भिसामा जाँदा हुनसक्ने सुरक्षालगायतका जोखिमलाई विचार गरी त्यस्ता मुलुकमा हुने भ्रमणलाई सुरक्षित तथा सहज बनाउने तथा पर्यटक भिषाको दुरुपयोग हुन नदिने सम्बन्धमा छलफल भइरहेको तर स्थानीय तहको सिफारिस अनिवार्य हुनेगरी कुनै पनि छलफल नभएको मन्त्रालयले आज विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसैबीच अध्यागमन विभागले पनि आज एक विज्ञप्ति जारी गरी त्यस विषयमा ध...
लमजुङमा जिप दुर्घटना, चालकसहित ३ को मृत्यु, ३  गम्भीर घाइते

लमजुङमा जिप दुर्घटना, चालकसहित ३ को मृत्यु, ३ गम्भीर घाइते

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २९ । लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् । जिल्लाको पूर्वी भेग दोर्दीखोलामा निर्माणाधीन सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को कर्मचारी लिएर फर्किंदै गरेको प्रदेश ३–०१–०२२च १३८३ नं। को जिप बिहीबार साँझ सवा ५ बजेतिर ताँजेतर्फ जाँदै गर्दा भीरबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा आयोजनामा कार्यरत २ जना इन्जिनियर र जिप चालकको घटनास्थलमै मृत्यु भएको डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ वर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई रहेका छन् । धरान सुनसरी घर भई सुपरदोर्दी ‘ख’ मा कार्यरत इन्जि...