Friday, March 29
Shadow

केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा : राप्रपा


  • -इ
  • इ+

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ ।

बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares