Sunday, April 19
Shadow

राजनिती

देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु जनकपुर जाँदै

देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु जनकपुर जाँदै

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेताहरू आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् । गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम जान लागेका हुन् । कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

आम निर्वाचन देशको भविष्य बनाउने अवसर – अध्यक्ष ओली

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उहाँले बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो । निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । ...
जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उहाँले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “लोकतन्त्र सङ्कटमा परेको बेला ...
अध्यक्ष प्रचण्ड : म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो ।

अध्यक्ष प्रचण्ड : म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो ।

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय नभएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पार्नुभयो । “म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो”, अध्यक्ष दाहालले भन्नुभयो, “यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।” उहाँले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताउनुभयो । “प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी नेता कार्यकर्ता म...
कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौंदा प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रारम्भिक मस्यौंदा उपसमितिका तर्फबाट डा. स्वर्णिम वाग्लेले मस्यौंदाको थप व्याख्या गर्नुभएको थियो भने बैठकमा प्रारम्भिक मस्यौंदा समितिका सदस्यहरूको पनि आमन्त्रित रुपमा सहभागिता थियो । उपत्यका बाहिर रहनुभएका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले यही असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउनु हुने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ । प्र...
डा. भट्टराई :  लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन

डा. भट्टराई : लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन

ब्यानर समाचार 2, राजनिती
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताउनुभयो । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उहाँले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताउनुभयो । अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनर...
निर्वाचन आचारसंहिताबारे जानकारी

निर्वाचन आचारसंहिताबारे जानकारी

ब्यानर समाचार 2, राजनिती
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा रहेका दल र तीनका प्रतिनिधि एवं सरोकारवालालाई निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराएको छ । दलबाट उम्मेदवारी दिएका तथा स्वन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचनको पालना गर्नुपर्नेबारे जानकारी गराइएको हो । निर्वाचनलाई निष्पक्ष, स्वच्छता, पारदर्शी तथा भयमुक्त वातावरण बनाउन आचारसंहिताबारे जानकारी दिइएको हो । आचारसंहिताबारेमा जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दल र उम्मेदवारले आमसभा गर्दा सभ्य तवरले जुलुस, आमसभा, भेला गर्नुपर्ने, कसैको घरपरिवारको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने, निर्वाचन चिह्न वा झण्डा अङ्कित स्टिकर, कपडा, ब्याज, मास्क, लकेट वा झोला बोक्न नहुने, निजी घरजग्गा वा सार्वजनिक स्थानमा निर्वाचन चिह्न, दलको झण्डा टाँस्न वा राख्न नपाइने जानकारी गराउनुभयो । प्रचार–प्रसार बिहान ७ बजेदेखि साँझ ७...
राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।...
उम्मेदवारी फिर्ता लिन आज दिउँसोसम्म सकिने, चुनाव चिह्न पनि आजै दिइने

उम्मेदवारी फिर्ता लिन आज दिउँसोसम्म सकिने, चुनाव चिह्न पनि आजै दिइने

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौँ- निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ । अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिने गरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । यस पटक प्रतिनिधिसभातर्फ २ हजार ५३१ जना र प्रदेशसभातर्फ ३ हजार ४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मङ...
समानुपातिकको बन्दसूचीबाट १२ बजेसम्म नाम फिर्ता लिन सकिने

समानुपातिकको बन्दसूचीबाट १२ बजेसम्म नाम फिर्ता लिन सकिने

ब्यानर समाचार 2, राजनिती
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ । उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम रहेको छ । संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो । ...