काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेताहरू आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् ।
गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम जान लागेका हुन् ।