Sunday, May 19
Shadow

मुख्य समाचार

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, माघ ३ नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ नेकपा (के.पी ओली)को केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरे संगै विवादित भएको नेकपा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्ष मा विभाजित भएको छ । त्यस पश्चात दुवै पक्ष आ-आफ्नै किसिमले सदस्य मनोनित गरिरहेका छन् । ...
हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

हुम्लामा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ ३ । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । बर्दिया जिल्ला घर भएका हवल्दार खड्काको गाउँपालिकाको पिप्लाङस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज बाँके हुँदै हेलिकोप्टरबाट काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो । उपचारका क्रममा उहाँको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
आज काठमाडौं उपत्यकाका यी स्थानमा हुने छैन बत्ति

आज काठमाडौं उपत्यकाका यी स्थानमा हुने छैन बत्ति

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ, माघ ३ । आज शनिबार काडठमाडौं उपत्यकाका २१ स्थानमा बिजुली जाने भएको छ । बुढानीलकण्ठ सबस्टेशन, महाराजगञ्ज र पुल्चोक वितरण केन्द्रबाट विद्युत प्रवाह हुने २१ ठाउँमा आज केही घण्टा बिजुली काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला स‌ंघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती जान लागेको हो । यस्तै, पुलचोक वितरण केन्द्रको बागमती फिडर अन्तर्गत सानेपा समिट होटल नीर एरियामा हाइटेन्सन लाइनको पोल सार्नका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सानेपा राम मन्दिर, गुसिंगाल, एडभान्स कलेज, लीला घर, अमरावती, सानेपा मोड, रेडियन्ट स्कुल एरियालगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ । महाराजगन्ज वितरण केन्द्र अन्तर्गतकै गोंगबु फिडर अन्तर्गत पर्ने गोंगबु एरियामा समेत आज ब...
नेकपा (प्रचण्ड-माधव) ककनी ३ को वडा भेला सम्पन्न, पार्टी दरिलो बन्नु पर्नेमा जोड

नेकपा (प्रचण्ड-माधव) ककनी ३ को वडा भेला सम्पन्न, पार्टी दरिलो बन्नु पर्नेमा जोड

मुख्य समाचार, राजनिती, समाचार, समाज
नुवाकोट, माघ २ । नेकपा (प्रचण्ड- माधव समुह) को ककनी ३ को वडा भेला सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रम बिच नेता तथा कर्याकर्ता भेला सप्पन्न भएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष घननाथ बजगाइले आफू पनि पार्टीको अरु सदस्य जस्तै भएको बताए । उनले पार्टी सदस्य भइसकेपछि जिम्मेवारपुर्ण हुनुपर्ने औंल्याएका छन् । आफ्ना कार्यकर्तामा प्रशिक्षण कम भएको .पनि बताए । भेलामा पार्टी सदस्यहरुको सहभागीता कम भएको बताउँदै उनले वडामा सुचना र प्रविधिमा केहि ढिलाइ भएको बताए ।  यसमा छिटो र छरितो गर्न पनि सुझाव दिए । साथै उनले वडा कमिटि नभएको उल्लेख गरे । उनले भने -अब एउटा चुस्त दुरुस्त खालको पार्टी बनाउ यहाँ जति छौ यतिले मात्रै पुग्दैन । वडामा भएका गतिविधिका बारेमा घचघच्याउने पार्टी नभएको उनले बताए । वडा कमीटी भन्दा पार्टी ठुलो यसैले पार्टी दरिलो बन्न पर्छ उनले भने' । पार्टीले वडा अध्यक्षलाई नि...
बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

बाँकेमा कोरोनाबाट ८० बर्षिय महिलाको मृत्यु

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २ । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ८० वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि गतपुस २६ गते मेडिकल कलेज नेपालगञ्जमा भर्ना भएकी ती महिलाको भोलिपल्ट कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पताल रिफर गरिएको थियो । रोगको प्रकृतिअनुसार सबै किसिमको उपचार गर्दा पनि महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।...
मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा सुरु

मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा सुरु

आर्थिक, मुख्य समाचार
काठमाडौ , माघ २ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट(सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो । छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुले २४ सै घण्टा लिन सक्नेछन् । ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट-सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न ...
सुनचाँदीको मुल्यमा वृद्धि, आज तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्यमा वृद्धि, आज तोलाको कति पुग्यो ?

आर्थिक, मुख्य समाचार
काठमाडौँ , माघ २ । शुक्रबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ४ सयले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार रहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कञ्चनपुर, माघ २ । कञ्चनपुरमा गएराति दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपूरको कृष्णपुर नगरपालिका–५ आम्खैयामा भएको दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी दुई वटै मोटरसाईकलका चालकको मृत्यु भएको छ भने पछाडी सवार २ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा रहेका छन् । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यसैगरी दुर्घटनामा घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको छ । रातीको स...
कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

कोरोना महामारी : विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, माघ २ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २।१४ प्रतिशत हो ।पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो । शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ । कुल संक्रमितको २६...
नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

नुवाकोटमा माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु

मुख्य समाचार, समाचार, समाज
नुवाकोट, माघ १ । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् । सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए । गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडा...