काठमाडौं, पुस ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ ।
भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण र छलफल हुने ओली समूहले जनाएको छ ।भेला दुईदिन भित्र सम्पन्न गरिने बताइएको छ ।
प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा बागमती प्रदेशमा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललगायत नेताले जिम्मेवारी पाएका छन् ।
प्रदेश १ मा भने अझै तोकिएको छैन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो ।