Saturday, May 18
Shadow

ब्यानर समाचार

तारकेश्वरमा सांसद राजन दाहाल हाँसोको पात्र

तारकेश्वरमा सांसद राजन दाहाल हाँसोको पात्र

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले संसदको रोष्ट्रममै उभिएर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको घडी दुई करोड र प्रचण्ड पुत्री गंगा दाहालले बोक्ने ब्याग लाखौं पर्ने बताएपछि देशैभरि तरंग उत्पन्न भएको थियो । र, यसबाट माओवादी केन्द्रमा समेत नयाँ बहस प्रारम्भ भएको छ । माओवादी केन्द्रका तर्फबाट सिन्धुली क्षेत्र नम्बर दुईबाट सांसद बनेका लेखनाथ दाहाल (राजन) ले कांग्रेसका सांसद सुनील शर्माको भनाइलाई सार्वजनिक रुपमा खण्डन गर्दै प्रचण्ड पुत्री गंगा दाहालले बोकेको ब्याग २० हजारभन्दा बढी भएमा आफूले सांसद पदबाट राजीनामा दिने सार्वजनिक रुपमै उद्घोष गरेका छन् । त्यसको लगत्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अन्तर्राष्ट्रिय विभाग तथा बागमती प्रदेशका सदस्य रजमान तामाङले राजन दाहालले राजीनामा दिनुपर्ने परिस्थिति बनेको भन्दै आफ्नो फेसबुकमा प्रम पु...
बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा विसर्जन

बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा विसर्जन

ब्यानर समाचार, ब्यानर समाचार 2
-अजय मिश्र  कपिलवस्तु , कार्तिक ७ कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीका दिन मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले दुर्गा देवीको विशेष पूजापाठ , नौ दिन व्रत बसेर बिजया दशमीका अवसरमा मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा झडप समेत हुन सक्ने भन्दै प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्...

शनिबार टुँडिखेलमा फूलपाती बढाइँ , राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथि

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा भोलि शनिबार अपराह्न फूलपाती बढाइँ समारोह हुनेभएको छ । बडादसैँको सातौँ दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरिने छ । समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ । बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती ...

पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ । दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उहाँले बताउनुभयो । घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ्ख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिक रूपमा बढेको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटस्थापनाको दिन असोज २८ गते ५१ हजार दुई सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार तीन सय ८७ जनाले उपत्यका छाडेकामा त्यसपछि भने त्यो सङ्ख्या बढेको हो । असोज ३० गते ७३ हजार आठ सय ९६, ...
कपिलवस्तुमा शान्ति पुनर्स्थापना गृह (PRC)ले १ बर्षमा ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

कपिलवस्तुमा शान्ति पुनर्स्थापना गृह (PRC)ले १ बर्षमा ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कपिलवस्तु, असोज ३० शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम अचार्य, विशिष्ट अतिथिमा शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु, कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरनमान बज्राचार्य, अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षक लम्मण ओलु, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगर, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, प्रकाश मरासिनी, जय प्रकाश पाण्डेय, बिष्णु प्रसाद खतिवडा, लेखनाथ घर्ती, कमल जिसी,शुशीला बेल्वासे, वडाध्यक्ष कृष्ण कुमार गुप्ता लग...
नेकपा माओवादी केन्द्र द्वारा कृष्णनगरमा नव प्रवेशी लाई सम्मान

नेकपा माओवादी केन्द्र द्वारा कृष्णनगरमा नव प्रवेशी लाई सम्मान

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र  कृष्णनगर, असोज २७ नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ। नगर अध्यक्ष जाबेद आलम खां को अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथीमा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, विशिष्ट अतिथिमा शान्ति देवी हरिजन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली , राजेन्द्र अचार्य, राम विलास यादव लगायत अन्य रहेका थिए। कार्यक्रममा बोल्दै बिष्णु बेल्वासेले अहिलेको वर्तमान संविधान सबै जातजाती, धर्म समुदायको अधिकार लाई लिपिबद्ध गर्ने काम नेकपा माओवादीले गरेको यस्को रक्षा पनि माओबादीले गर्ने बताए। कार्यक्रममा बोल्दै राजेन्द्र अचार्यले देशमा भएको ठूलाठूला भ्रष्टाचारको यो सरकारले विरोधी अभि...
माओवादी केन्द्रमा दास मानसिकताको बिकास हुदै आलोचनात्मक चेत मर्दै – महेश्वर दाहाल

माओवादी केन्द्रमा दास मानसिकताको बिकास हुदै आलोचनात्मक चेत मर्दै – महेश्वर दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
- महेश्वर दाहाल मुलुक कतिपय आर्थिक र सामाजिक समस्याहरूबाट गुज्रिरहेको परिस्थितिलाई भड्काएर ‘शोकको बेला भित्तो फोर्ने नीति’ बोकेकाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने मात्र होइन राजनीतिक प्रणालीलाई नै सिध्याउने दाउमा लागिरहेका छन् । धार्मिक वा जुनकुनै आवरणमा सामाजिक सद्भाव भड्काउने र समुदायलाई आपसमा भिडाएर सिंगो मुलुकलाई अराजकतातिर धकेल्ने दिवास्वप्न देख्नेहरु उत्साहित रहेको पछिल्लो समयमा प्रचण्ड नेतृत्वको सरकारको जिम्मेवारी अरु बढेको छ र सँगै अग्निपरीक्षा समेत सुरु भएको छ । त्यसो त प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान सुरु गर्दै यसलाई निष्कर्षमा पुर्‍याउन इमानदार प्रयत्न गर्नुभएको छ । तर, अभियोजन पेस गर्ने चरणसम्म मुद्दा कमजोर भइसक्ने र अभियानलाई नै जबर्जस्त बदनाम बनाउने कतिपय भ्रष्ट आवरण भएकाहरूको सक्रियता जस्ता सन्दर्भहरूले उक्त अभियान विश्वसनीय बन्न सकिर...
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय कृष्णनगरले जनचेतना कार्यक्रम गर्‍यो 

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालय कृष्णनगरले जनचेतना कार्यक्रम गर्‍यो 

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र कृष्णनगर, असोज २७ जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम लिएर विद्यालयमा जाने गरेको तथा छड्के चेकिंग गरि हेल्मेट नलगाउने कागजपत्र साथमा न राख्ने व्यक्ति लाई सचेत गरिनुका साथै जरिवाना समेत गर्दै आएको छ। तिन महिनाको अवधिमा विभिन्न सवारी साधन हरूले ट्राफिक नियम उलंघन गरिए बाफत पैतिस लाख राजस्व संकलन गरिएको दुई हजार आठ सय जनामा जनचेतना गराइएको तथा कृष्णनगर क्षेत्रमा चल्ने टेम्पो चालक लाई टेम्पोको दायां साइडमा बार लगाउन निर्देशन गरिएको बिना हेलमेट बाइक चलाउन निरूत्साहित गरिएको सवारी दुर्घटना पूर्ण रूपमा नियन्त्रण गर्न हरेक सम्भव प्रयास गरिदै आएको कृष्णनगर ट्राफिक कार्यालय...
सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्नेमा सरोकारवालाको अनुरोध

सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्नेमा सरोकारवालाको अनुरोध

ब्यानर समाचार, ब्यानर समाचार 2
- अजय मिश्र कृष्णनगर असोज, २६ जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयाेजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सराेकारवालाहरु संग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । साे कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचार कायम गरी सभ्य र मर्यादीत रुपले मनाउनु आम समुदायलाई अनुरोध गर्नु भएको छ । नेपाल मुस्लिम आयोगको तर्फबाट सबैलाई दशैँको शुभकामना दिदैँ सदस्य बेगले शान्तिलाई खलल नपुग्ने गरी एक आपसमा सदभाव कायम गरी दशैँ मनाउन सबैमा अपिल गर्नु भयो । पुर्व सांसद अभिषेक प्रताप शाहले बैठकलाई सम्बोधन गर्दे एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउन आग्रह गर्नुभयो । विगतमा भएको कमीकमजोरीलाई ...

दक्ष श्रमिकलाई जर्मनीले अवसर दिने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ, २५ असोज : सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा हालै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तरराष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कामेनले नेपाली दक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यसअघि दुवै देशका प्रतिनिधिमण्डलबीच भएको वार्तामा दक्ष नेपाली जनशक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने, वैधानिक तवरबाट मात्र उनीहरुलाई काममा लगाउने, नेपाली कामदारको हकहितको रक्षा र भाषा तथा व्यावसायिक तालिम दिने विषयमा पनि छलफल भएको थियो । राज्यमन्त्री गेवर्सले द्विपक्षीय आशयपत्रमा हस्ताक्षर भएपछि संस्थाग...