Wednesday, March 11
Shadow

ब्यानर समाचार

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद   

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद  

ब्यानर समाचार, ब्यानर समाचार 2
  - अजय मिश्र  कृष्णनगर, पुष २१ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ कुकुरभुकवा बाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर द्वारा लाखौं मूल्य पर्ने अबैध कपडा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी नायब उपरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख अठारह हजार चार सय चालिस बराबरको भन्सार छलिको अबैध कपडा समातेर आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार पठाइएको छ । सीमा सुरक्षा तथा तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी सक्रियताका साथ लागिरहेको स्थानीयले बताएका छन्।...
पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा एकिन गरी उपलब्ध गराउन समितिको निर्देशन

पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा एकिन गरी उपलब्ध गराउन समितिको निर्देशन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ  - प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई कोषको नाममा रहेको जग्गा तत्काल एकिन गरी समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समितिको बैठकमा सभापति राजकिशोर यादवले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुिक्त सम्बन्धि प्रमाणित कागजात र अनुभवको विवरण तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिनुभयो । समितिले गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीले कोष अन्तर्गत ३ वटा गुठी रहेको, कोषको जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना रहेको, कोषको २ अर्ब ४१ करोड रुपैयाको मुद्धती खाता सञ्चालनमा रहेको ज...
भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको:- मौलाना मशहूद

भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको:- मौलाना मशहूद

ब्यानर समाचार, ब्यानर समाचार 2
-अजय मिश्र  कपिलवस्तु, मंसिर ४ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको अध्यक्षता, प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्वासे, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सदस्य राजेन्द्र आचार्य तथा मौलाना मशहूद खां नेपाली अतिथिमा दयानन्द त्रिपाठी, संदीप प्रताप मौर्य, नारायण कलवार, ध्रुव सापकोटा, मिठाई लाल चौहान, राम बहादुर थापा, मान्ती कोरी लगायत रहनुभयो। कार्यक्रममा शुभकामना मन्तव्य सरिता अर्यालले राख्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले अहिलेको सरकारले जनताको पक्षमा राम्रो कामहरू गर्दै आएको, जनताको माओबादी पार्टी प्रति आस्था बढ्दै गएको बताए। कार्...
साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

साङ्लामा हेमोडायलाईसिस सेवा शुभारम्भ

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- तारकेश्वर नगरपालिका वडा नं १ साङ्लामा हेमोडायलाईसिस सेवा शुरु भएको छ । बुधवार एक कार्यक्रमकाबिच उक्त सेवा शुभारम्भ गरिएको हो । नगरपालिकाको वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवाको शुभारम्भ गरिएको हो । स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए । वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थ...
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “यसमा कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।” उहाँले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न ...
कालीदेवी माविले गर्याे विज्ञान प्रदर्शनी

कालीदेवी माविले गर्याे विज्ञान प्रदर्शनी

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - मंसिर २९ गते तारकेश्वर नगरपालिकाे एक मात्रै नमुना विद्यालय कालीदेवी माविले आज मंसिर २९ गते आफ्नै प्राङणमा विज्ञान प्रदर्शनी गरेकाे छ । विद्यार्थीले स्वस्फूर्त रुपमा गरेकाे उक्त प्रदर्शनीमा ३० स्टल राखिएका थिए । कार्यक्रमकाे शुभारम्भ गर्दै वडाध्यक्ष राधाकृष्ण खड्गीले उक्त कार्यक्रम अनुकरणीय रहेकाे बताउनु भयाे । प्रमुख अतिथिका रुपमा नगरशिक्षा अधिकारी पदम बहादुर खत्रीकाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा अन्य ५ विद्यालयका विद्यार्थीहरुले पनि अवलाेकन गरेका थिए । विद्यार्थीहरुले आफुले सिकेको गणित , बिज्ञान र कृषि सम्बन्धि ३० वटा स्टल लगाएर विभिन्न उपकरण र उत्पादन प्रदर्सन गरेका थिए । ...
लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव सम्पन्न

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2
-  अंकुश श्रीवास्तव लुम्बिनी , मंशीर २३। काठमाडौंस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्घ विश्वविद्यालयसँगको सहकार्यमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेकाे छ । लुम्बिनीमा आयाेजित महाेत्सवकाे प्रमुख अतिथ्यतामा पर्यटन ,संस्कृति तथा नागरिक उड्यनमन्त्री सुदन किराँती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी , भारतीय राजदुत नवीन श्रीवास्तव ,लुम्बिनी बिकास काेषका उपाध्यक्ष ल्हारकल लामा लगायत लुम्बिनी प्रदेशका गृहमन्त्री सन्ताेष पाण्डेय, समाजिक बिकास मन्त्री सिके गुप्ता ,पुर्व मन्त्री हृदयेश त्रिपाठी, इकबाल शाह एवं विभिन्न दलका नेता , विद्यालयका बिद्यार्थी , भुपु गाेरखाका परिवार लगायतका हजाराैं स्थानीयकाे उपस्थिति थियाे । नेपाल र भारत बीचकाे सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाई जनस्तरबाटै द्विपक्षिय सम्बन्ध विस्तार गर्नका लागि संस्कृतिक कार्यक्रम नै...
ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ककनी गाउँपालिकालाई तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ज्ञापन पत्र

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं- मातृभाषा शिक्षा लागु गर्न तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल र नेवा मुक्ति मोर्चा नेपाल, ककनी गाउँ समितिले संयुक्त रुपमा नुवाकोटको ककनी गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संविधानत व्यवस्था भए अनुसार मातृभाषा शिक्षा लागु गर्ने सांस्कृतिक सम्पदाको संरक्षण गर्ने एवम् प्रथा जन्य कानुन सम्बन्धि नीति निर्माण गर्न यहि चालु आर्थिक वर्ष देखि नै लागु गर्ने गरी पहल गर्न अनुरोध गर्दै मोर्चाले गाउँपालिकाका अध्यक्ष सुमन तामाङलाई ज्ञापन पत्र बुझाएको छ । ...
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री ‘प्रचण्ड’

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री ‘प्रचण्ड’

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बुधबार बिहान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् । ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ। केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने नै छ।’  प्रधानमन्त्री ‘प्रचण्ड’ले भने । विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको पनि प्रधानमन्त्री दाहालले बताए । जनताको अपेक्षा नास्टप्रति ...
देवीप्रसाद मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ विमोचन

देवीप्रसाद मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ विमोचन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । कवि एवम् साहित्यकार देवीप्रसाद मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ मंगलवार विमोचन भएको छ । भक्तपुर बुढ्यौली साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी कवि मिश्रको कविता संग्रह ‘बधु मञ्जरी’ विमोचन गरेको हो । राजधानी काठमाडौंको सोह्रखुट्टे नयाँबजार स्थित कालधारा चोकमा रहेको 'फ्रिक मण्डला रेस्ट्रो एण्ड बेंकेट'मा आयोजना गरिएको  बधु मञ्जरी खण्डकाब्य लोकार्पण समारोहमा १२ जना कवि एवम् साहित्यकारहरुले एकसाथ कविता संग्रह 'बधु मञ्जरी'को विमोचन गरेका थिए । विमोचन कार्यक्रममा सहभागीहरुले 'बधु मञ्जरी' खण्ड काव्य बुहारीको केन्द्रीयतामा आधारित रहेको बताउँदै समाज रुपमान्तरणमा कला र साहित्यको महत्वपूर्ण भूमिका रहने भन्दै कविता संग्रहले आजको समाजको यथार्थ चित्रण गरेको दाबी गरे । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेले आदिकवि भानुभक्त आचार्यले दुईसय वर्षअघि वधू शिक्ष...