Friday, March 13
Shadow

ब्यानर समाचार

डी.पी खनालको शब्दमा मेलिना राई र अन्नु चौधरीको “यो तीजको लहर हो” सार्वजनिक

डी.पी खनालको शब्दमा मेलिना राई र अन्नु चौधरीको “यो तीजको लहर हो” सार्वजनिक

ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौं,३१ असार । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा “यो तीजको लहर हो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डी.पी खनालको शब्द रहेको यस गीतमा २ चर्चित गायिकाहरु मेलिना राई र अन्नु  चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन् । शान थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्मारिका ढकाल, समारिका ढकाल, दिपा शाही, सुशीला थापा, आभा थापा र बिना राउत लगायत अन्य कलाकारको अभिनय रहेको छ। सुप्रिम पराजुलीले सम्पादन गरेको यस भिडियोलाई अर्जुन तिवारीको छायाँकन,राजीव समरको कोरियोग्राफी रहेको छ । नोभिस आर्टसको निर्माण रहेको “यो तीजको लहर हो” गीतको भिडियोलाई नोभिस आर्टस नामक युटुबबाट मार्फत गित हेर्न सकिन्...
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै आज

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै आज

अन्तर्राष्ट्रिय, खेलकुद, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ,३१ असार । बंगलादेशमा रहेको राष्ट्रिय महिला फुटबल टोलीले आज (आइतबार) घरेलु टोलीसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग एक/एक गोलको बराबरी खेलेको थियो । नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिइन् । नेपालले १९औं एसियाली खेलकुदको तयारी स्वरुप बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको हो ।...
प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ कार्यसूची

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,३१ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्नेछन् । उनले सो प्रस्ताव माथिको संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने देखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । ...
प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
अजय मिश्र, कपिलवस्तु, अषाढ ३० प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ। प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता, प्रमुख अतिथिमा कपिलवस्तु प्याबसनका जिल्ला बरिष्ठ उपाध्यक्ष धिरेन्द्र सिंह, विशिष्ट अतिथिमा समाजसेवी सुसिल श्रीवास्तव, अतिथिमा सुनिल सिंह, मोहम्द मुस्लिम, ज्योतिर मय श्रीवास्तव, आलोक ओझा, राजन मौर्या लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहल SEE उत्रिण विद्यार्थी हरूको उज्जवल भविष्यको कामना गर्दै, विद्यार्थी हरु देशका भबिस्य रहेको हुदाँ विद्यार्थीको रूचि, क्षमता अनुसार आगामी शैक्षिक यात्रामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउदै कृष्णनगरको नाम उच्च राख्न समेत विद्यार्थी हरूमा अनुरोध गर्नुभयो। कार्यक्रममा विद्यार्थी ...
परिवर्तन अभियान नेपाल द्वारा तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालय सम्मानित

परिवर्तन अभियान नेपाल द्वारा तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालय सम्मानित

ब्यानर समाचार, ब्यानर समाचार 2, स्थानिय तह
काठमाडौ - परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ । शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो । यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४.० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा उनीहरुलाई कार्यक्रमका बीच प्रमाणपत्रसहित विशेष सम्मान गरियो । यस्तै छात्रतर्फ जेशन नेपाललाई पनि विशेष सम्मान गरियो । यस्तै सामुदायिक विद्यालयबाट शीला नेपाल र किरण घिमिरे सर्वोत्कृष्ट रहेकामा उनीहरुलाई पनि सम्मानित गरियो । यस्तै पालिकाभरबाट एसईईमा सफल सबै छात्रछात्रालाई प्रमाणपत्र हस्तान्तरण गरिएको अभियानका संयोजक सुशील भट्टले जानकारी दिए । कार्यक्रममा सहभागीहरुले एसईईमा सफल विद्यार्थीलाई...
साथीहरूको साथ पाए संसदीय दलको नेता फेर्ने प्रयास छाड्दिनँ : महामन्त्री थापा

साथीहरूको साथ पाए संसदीय दलको नेता फेर्ने प्रयास छाड्दिनँ : महामन्त्री थापा

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा आज शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको दिन पुनस् प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् । उनले भने, ‘म त दलको नेतामा लडेको मान्छे हुँ। हुनुपर्छ भनेरै प्रयास गरेको हो। मेरो निरन्तर कोसिस हुन्छ। साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ।’ उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे। देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो। वर्तमान गठबन्धन सरकार परिवर्तन...
महासचिव विप्लवले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

महासचिव विप्लवले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । शनिबार बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् । भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए । प्रधानमन्त्री पत्नी सीता दाहालको गत बुधबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।...
बाँकी छ यो सम्झना : सुमित्रा सुमी

बाँकी छ यो सम्झना : सुमित्रा सुमी

ब्यानर समाचार, मनोरञ्जन, समाचार, साहित्य/कला
काठमाडौं,३० असार। कविता - बाँकी छ यो सम्झना फुल्थ्यो फूल बगानमा रहरिलो बास्ना हवामा छरी । हाँस्थ्यौ पुष्पक प्रेमले वरिपरी आऊ भने झैँ गरी ।। आत्माले प्रेम चुम्दथ्यो प्रकृतिमा स्वयं म बन्दा धरा । माया खोज्दथ्यो प्रेमीको हृदयले प्यूँदै सुधाको सुरा ।। आँखाले मन त्यो चियाउन सधै पर्खी बसेको थियो । ब्यूँझ्यो प्रेम प्रभातबाट बलियो छाया लिई स्वर्गको । गर्थेँ पुष्प र पत्रले हृदयको प्रेमादी सम्बोधन । भन्दे प्यार उनीसितै यतिकुरा गर्दैछु आन्दोलन ।। हेर्दै शौम्य गुलाफको वदनमा गरिरहेँ बन्दना । प्रेमै दिव्य सुवर्ण मेघ सरीको अहा! मीठो कल्पना ।। चिन्ता छैन रङ्गाईदिन्छु सहजै खुशी मिलाईकन । नाता जोर्न म आउँनेछु दिलको आभा उज्यालोसँग ।। टुट्यो सुन्दर जिन्दगी सुनहला सारा खरानी भयो । कस्ले बुझ्दछ वेदना हृदयको यो प्रेममा कष्ट भो ।। आफ्नो हार्दिक देवता पर हुँदा रोईरहे...
गित संगित जीवन जिउनको लागि अत्यावस्यक रश हो: गायक,सर्जक महेश नेपाल

गित संगित जीवन जिउनको लागि अत्यावस्यक रश हो: गायक,सर्जक महेश नेपाल

अन्तरवार्ता, ब्यानर समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं,३० असार। । विगत केहि वर्षदेखि गित संगित क्षेत्रमा लम्किरहेका बहुप्रतिभावान कलाकार/सञ्चारकर्मी हुन् महेश नेपाल। संगीत क्षेत्रमा होमिएका उनि सिन्धुपाल्चोक जिल्ला, साबिक स्याउले  वडा नं ९ ,अहिले चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १ का स्थानिय बासिन्दा हुन् । साँगितिक क्षेत्रमा लागेको छोटो समयमा नै दर्शक स्रोताको मन जित्न सफल भैसकेका उनि बहुप्रतिभाका धनि व्यक्ति हुन् । कुशल सञ्चारकर्मी,गित लेखन, गायन, लय संकलन, म्यूजिक भिडियो निर्देशनमा समेत पोख्त उनि हरेक कलाकारहरुको रोजाईमा पर्ने गरेका छन् ।  प्रस्तुत छ महेन्द्र अधिकारीले ईन्टरभ्यु नेपालका लागि लोक गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालसगँको कुराकानी...... १. तपाईंको विचारमा गित संगीत भनेको के हो ? गित संगित भनेको जीवन जिउनको लागि अत्यावस्यक रश हो । हामी जसरी मुखको स्वादको लागि मीठो खाना खान चाहन्छौँ, जसरी आँखाको लागि सुन...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सचिवालय बैठक आज शनिबार बस्दै छ । एमालेको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्ने छ । बैठकमा पार्टीको आन्तरिक जीवन, सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजनअनुसार कामको मूल्यांकन, देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...