Wednesday, April 23
Shadow

अबैध बिदेशी मुद्रा सहित मानिस पक्राउ


  • -इ
  • इ+

चैत – ५, काठमाडौ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अवैध विदेशी मुद्रा सहित मानिस पक्राउ गरेको छ ।

घटना विवरणः

विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले मिति २०८१।१२।०४ गते बेलुकी अं. २३:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं.०२ झोरमा ना, ७ ख १६५२ नं. को मालबाहक ट्रक गाडी शंका लागि रोकी उल्लेखित सवारी साधन नियन्त्रणमा लिई खानतलासी गर्दा उक्त ट्रकको “वोनट” ड्राईभर बस्ने कोठाको (क्याविनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाई लुकाई छिपाई ल्याएको अमेरीकी डलर, युरो लगायतका मुद्राहरु फेला पारी सवारी चालक कुसाङ लामा सहित सवारी साधन पक्राउ गरिएको। थप अनुसन्धान कार्य जारी रहेको।

साथै निजले अवैध तरीकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको हुदाँ निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाईएको।

पक्राउ व्यक्ति :

नाम : फुच्चे भन्ने कुसाङ लामा

उमेर : ४३ बर्ष

ठेगाना : जि. सिन्धुपाल्चोक, भोटेकोशी गा. पा. वडा नं ०१

हालः काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.०२

थप खुल्न आएको विवरणः मिति २०७३ साल पौष १३ गते राजश्व छली सुन चोरी पैठारी मुद्दामा ७ के.जि. सुन सहित पक्राउ परी ५ बर्ष कैद भुक्तान गरेको ।

बरामदी विवरणः

१. अमेरीकी डलर (USD) -S १०० दरका नोटहरु जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस)

२. अमेरीकी डलर (USD) -S५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्‌सी)

३. युरो (Euro) – ५०० दरका थान ११ (एघार)

४. युरो (Euro) – २०० दरका थान ४८० (चार सय असी)

५. युरो (Euro) – १०० दरका थान ४१४८ (चार हजार एक सय अड्चालिस)

६. युरो (Euro) – ५० दरका थान १७१७७ (सत्र हजार एक सय सतहत्तर)

७. नारायणी प्रदेश-७ ख १६५२ को मालबाहक ट्रक गाडी थान- १

८. मोवाईल- थान २

नेपली रुपैयामा हुन आउने जम्मा रकम २५,१९,२४,९५०।- (पच्चिस करोड उन्नाईस लाख चौबिस हजार नौ सय पचास मात्र)

सूचना अधिकारी

काजी कुमार आचार्य

(प्रहरी उपरीक्षक)

मिति २०८१।१२।०५ गते ।

सम्पर्क नं. : ९८५१२८१२०१

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares