Monday, June 1
Shadow

ब्यानर समाचार 2

पर्यटकको नयाँ गन्तव्य: गिडिदह

पर्यटकको नयाँ गन्तव्य: गिडिदह

Uncategorized, ब्यानर समाचार 2, समाचार
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदहसमुद्र सतहदेखि तीन हजार चार सय ८२ उचाइमा यो रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले जानकारी दिनुभयो ।“सरकारी टोली र पत्रकार सहितको सहभागितामा गिडिदहमै सम्मेलन गरेका छौँ”, उहाँले भन्नुभयो । तालको हालसम्म लम्वाइ, चौडाइ र गहिराईसमेत नाप्न नसकिएको अध्यक्ष चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष चौलागाईंले गिडिदहमा प्रस्तुत गर्नुभएको घोषणापत्रबारे जानकारी दिँदै तालको विक...

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो

Uncategorized, दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ:  गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको  जानकारी प्राप्त भएको छ ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताउनुभयो । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको पनि उहाँले जानकारी दिनुभयो । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनु...
दशैँको १० दिन मात्रै  खुला रहने त्रिशूली देवी मन्दिर आजदेखि  खोलियो

दशैँको १० दिन मात्रै खुला रहने त्रिशूली देवी मन्दिर आजदेखि खोलियो

ब्यानर समाचार 2
बडादशैँको घटस्थापनासँगै महोत्तरी जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवीे मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शन तथा पूजाआजाका लागि खोलिएको छ । प्रत्येक वर्ष केबल दशैँको १० दिन मात्रै यो मन्दिर खुला रहने गर्छ । घटस्थापनाको दिनदेखि सर्वसाधारणको दर्शन तथा पूजा, अर्चनाका लागि यो मन्दिर खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो ।  यहाँको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । दशैँमा पुजारीले उनको १० दिनसम्म विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । त्रिशूली देवी महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । यी विभिन्न जिल्ला तथा भारतको विभिन्न ठाउँबाट दसैँभरिमा त्रिशूली देवी मन्दिरमा हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा ...
गोरखा दरबारको दशेैँघरमा राखियो बिधिपूर्वक जमरा

गोरखा दरबारको दशेैँघरमा राखियो बिधिपूर्वक जमरा

ब्यानर समाचार 2
बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा  गोरखाको कालिका मन्दिरमा रहेकोदशेैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो । मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ । बडादशेैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्र...
भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड

ब्यानर समाचार 2
घटस्थापनाका दिन आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ ।   भक्तपुरका नौ शक्तिपीठमा  घटस्थापनाको दिनबाट यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर  पूजा गर्ने र मेला भर्ने परम्रपरा रहेको छ ।  नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ । नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मा...
नवरात्रिको पहिलो दिन : घरघरमा जमरा राखिँदै

नवरात्रिको पहिलो दिन : घरघरमा जमरा राखिँदै

ब्यानर समाचार 2
नवरात्रिको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ । हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । ...
आजको मौसम :कहाँ-कहाँ हुँदैछ वर्षा

आजको मौसम :कहाँ-कहाँ हुँदैछ वर्षा

ब्यानर समाचार 2, मौसम
आज काठमाडौँको न्यूनतम १९ दशमलव छ र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमणी प्रणालीका कारण हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानरुमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएक...
बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित

बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित

खेलकुद, ब्यानर समाचार 2
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो । प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग यही असोज १२ गते खेल्नेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । ...
सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि हुने

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि हुने

ब्यानर समाचार 2
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सर्वसाधारणको लागि निष्कासन गरेको सिक्लेस हाइड्रोको  आईपीओ असोज ११ गते  भोलि बिहान ९ बजे शेयर बाँडफाँड  हुने भएको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडले  कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये  ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।  ...
नेप्से आज बन्द हुने , सेयर कारोबार नहुने

नेप्से आज बन्द हुने , सेयर कारोबार नहुने

ब्यानर समाचार 2
सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।