Monday, June 1
Shadow

ब्यानर समाचार 2

दैलेखमा मतदाता एक लाख ५८ हजार

दैलेखमा मतदाता एक लाख ५८ हजार

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् । यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प...
आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीलाई आचारसंहिता कार्यान्वयन गर्नगराउन निर्देशन दिएको हो । सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उ...
दशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा गरिँदै

दशैँको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजा गरिँदै

ब्यानर समाचार 2
बडादशैँ एवं नवरात्रिको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको निष्ठाका साथ विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती दे...

सरकारी अस्पतालमा विद्यार्थीलाई ५०% छुट दिने निर्णय (अस्पतालहरुको सुचिसहित)

ब्यानर समाचार 2
  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशन गरी विद्यार्थीहरूलाई ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । विद्यार्थी परिचय पत्रको आधारमा संघीय अस्पतालहरुको ओपीडी टिकटमा विद्यार्थीहरूलाई ५०% सहुलियत दिन अनुरोध गरेको हो । यो सुविधा निश्चित सरकारी अस्पतालमा मात्र हुने बताइएको छ । अस्पतालहरुको सुचिसहित : ...
विश्व पर्यटन दिवस : भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवस : भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

ब्यानर समाचार 2, समाज
विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्पगुच्छा दिँदै स्वागत एवं सम्मान गर्नुभएको हो । कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक जर्मनीका एन्ड्री, अष्ट्रियाका रेवेका, बुल्गेरियाका मिमी र जर्जलाई लाखे प्याखं ९नाचका साथ भक्तपुरमा स्वागत गरिएको थियो । भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रजापत...
कोभिडले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिडले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

ब्यानर समाचार 2
कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण  तीन वर्षदेखि रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुुनः सुरु भएको छ ।  कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ । ...

आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ अहिलेसम्मकै उच्च

आर्थिक, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। यो डलरको अहिलेसम्मकै उच्च रेट हो ।
दशैँको दोस्रो दिन :ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिँदै

दशैँको दोस्रो दिन :ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरिँदै

ब्यानर समाचार 2
 नवरात्रिको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनु...
ईश्वर भन्ने चिज यस्तो रहेछ

ईश्वर भन्ने चिज यस्तो रहेछ

ब्यानर समाचार 2, विचार
विश्व मा कुन ईश्वर ठूलाे अथवा कसकाे ईश्वर ठूलाे ? इत्यादि विवाद लामाे समय देखि सुनिँदै आएकाे छ । आज एस विषय मा केही मनन गराैं । एस कुरा काे समाधान वेद वाङ्मय र भगवद् गीता मा स्पष्ट रूप मा पाइन्छ । पहिले के कुरा बुझाैं भने ईश्वर भन्ने जुन महान् तत्त्व छ त्याे वास्तवमा संसारमा एउटै मात्र छ र त्याे सर्वव्यापी पनि छ । साथै ऊ साकार रूप धारण गर्न पनि सक्छ र निराकार भइरहन पनि सक्छ । साथै ऊ प्राणी मात्र काे साझा पनि हाे । एसरी याे ईश्वर भनिने तत्त्व एस्ताे रहेछ भन्ने निश्चित भए पछि र सर्वव्यापी पनि छ भन्ने भए पछि एस्ताे एकल साझा तत्त्व लाई तेराे र मेराे अनि ठूलाे र सानाे भन्ने प्रश्न उठाउनु कहाँ सम्म उचित हाेला र ? वैदिक वाङ्मय मा के पनि भनिएकाे छ भने संसार काे रचना गर्ने, सञ्चालन गर्ने र प्रलय गर्ने सबै काम उही ईश्वर कै अध्यक्षता मा हुने गर्छ हेर्नु हाेस् गीता नवाैं अध्याय। अनि विना ईश्वर...
(एनसीसी) बैंक र कुमारी बैंक: मर्जर समझदारी

(एनसीसी) बैंक र कुमारी बैंक: मर्जर समझदारी

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र कुमारी बैंकबीच एकआपसमा मर्जर सम्झौता भएको छ । आज होटल मेरियटमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । एनसीसी बैंक मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंक मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । दुई बैंकबीच १ः१ शेयर स्वाप रेसियोमा सहमति जुटेको छ । मर्जर पछि बन्ने बैंकको नाम कुमारी बैंक, सीईओमा रमेशराज अर्याल र वरिष्ठ नायब सीईओमा कुमारी बैंकका रामचन्द्र खनाल हुने सहमति बनेको छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ भने कूल शाखा संख्या ३५५ हुनेछ । ...