Friday, March 29
Shadow

राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई भारतीय अवार्ड


  • -इ
  • इ+

नेपाली राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई भारतको “डा.एपिजे अब्दुल कलाम अवार्ड २०२२” प्रदान गरिने भएको छ ।

कविता र साहित्यमा उनको योगदानलाई मूल्याङ्कन गर्दै डा.एपिजे अब्दुल कलाम इन्टरनेशनल फाउन्डेशनले उक्त अवार्ड दिन लागेको हो । फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ जन्मजयन्तीको अवसरमा आगामी १५ अक्टोबर (२९ असोज) गते पश्चिम बङ्गालमा आयोजना हुने कार्यक्रममा अवार्ड प्रदान गर्नेछ ।

नेपाली राष्ट्रियगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ वि.सँ.२०६४ साउन १८ गतेदेखि लागू भएको थियो । उनले रचना गरेको राष्ट्रियगानमा ४६ शब्द र १२८ शब्द रहेको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares