Saturday, May 18
Shadow

निर्वाचन विशेष

कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

निर्वाचन विशेष, ब्यानर समाचार 2
गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराउनुभएको छ । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिनुभएको हो । गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यहाँ एकीकृत समाजवादीका सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । झाँक्रीविरुद्ध उम्मेदवारी दिनुभएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताउनुभयो । उहाँले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाँक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि बताउनुभयो । उम्मेदवारी निष्क्रिय भएको घोषणा...
कांग्रेस उपसभापति खड्का चुनावी अभियानमा

कांग्रेस उपसभापति खड्का चुनावी अभियानमा

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आगामी मङ्सिर ४ गते हुने चुनावका सन्दर्भमा चुनावी अभियानका लागि आज गृहजिल्ला सुर्खेत आइपुग्नुभएको छ । खड्का सुर्खेत क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । चुनावी अभियानका लागि आज काठमाडौँदेखि सुर्खेत आइपुग्नुभएका खड्का क्षेत्र नं १ का नागरिकसँग भेटघाटमा व्यस्त रहनुभएको छ । गुर्भाकोट नगरपालिकास्थित सिटीहलमा आजै आयोजित कार्यक्रमलाई नागरिकका लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरूद्ध सङ्घर्ष गर्नका लागि पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पु¥याउन मतदातासँग अपिल गर्नुभएको छ । खड्काले प्रदेश र केन्द्र सरकार वाम–लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावनालाई अवसरमा बदल्न सकिने बताउनुभयो । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले जिल्लामा आफूहरूले...
स्थानीय तह निर्वाचन : दलहरू घोषणापत्र तयार गर्दै

स्थानीय तह निर्वाचन : दलहरू घोषणापत्र तयार गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणपत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ । दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणपत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस कञ्चनपुरका नेता ईश्वरी जोशीले घोषणापत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कार्यान्वयन गर्न सक्ने योजनालाई घोषणापत्रमा समावेश गरिन लागेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, रोजगारका विषय समेट्नका लागि विज्ञहरूसँग छलफल गरेर घोषणपत्र तयार हुँदैछ”, उहाँले भन्नुभयो, “हाम्रो प्रुमख ऐज...
कुनै पनि  दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह

निर्वाचन विशेष, ब्यानर समाचार 2
जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुन गइरहेको आम निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईं द्वारा आज जारी विज्ञप्तिमार्फत भ्रष्टाचारी तथा आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न आग्रह गरेको छ । “हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न निगरानी समिति आम मतदातालाई आग्रह गर्दछ ।” समितिले स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वा...
तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

निर्वाचन विशेष, ब्यानर समाचार 2
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडाँै जिल्लामा मतपत्र ढुवानी भएको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्...
राजनीतिक दलले  १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

राजनीतिक दलले १७ दिन अघि मात्रै आमसभा र कोणसभा गर्न पाइने

निर्वाचन विशेष, ब्यानर समाचार 2
 आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने १७ दिन अगाडिपछि (कात्तिक १८) मात्रै राजनीतिक दल र उम्मेदवारले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने भएका छन् । सो अवधिसम्म तामझाम नगरी २५ जनासम्म लिएर उम्मेदवारले मतदाताको घरदैलोमा प्रचारप्रसारका लागि जान पाउनेछन् । निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादितरुपमा प्रचारप्रसार गराउन आयोगले राजनीतिक दलको छलफलका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो । आयोगले कडाइँका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सबै जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) लाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा (१) को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि...
प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सकियो

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ । आजसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ...
निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित कार्यक्रमको शुभारम्भमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनको परिचालनमा जनशक्ति परिचालन र सामग्री तथा जिन्सी व्यवस्थापन महत्वपूर्ण पक्ष भएकाले आफूले गर्नुपर्ने कामबारे स्पष्ट बोध नभएमा त्रुटि हुनसक्ने भएकाले यस सवालमा सम्बन्धित प्रशिक्षक र कर्मचारी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । आयुक्त डा तुलाधरले परिचालनलाई मूलमन्त्र ठानेर स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, पारदर्शी तथा मितव्ययी निर्वाचन गराउन आयोग चिन्तित र कटिबद्ध रहेको स्पष्ट रहेको पनि बताउनुभयो । कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले जिन्सी व्यवस्थापन र आर्थिक प्रशास...
निर्वाचनका लागि प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

निर्वाचनका लागि प्रदेश नं १ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको छ । उक्त प्रणालीका लागि कूल चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ सम्पन्न भएको थियो । प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि दुई करोड चार लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आजसम्ममा १७ लाख ...
संविधान रक्षा र देश विकासका लागि गठबन्धन आवश्यक : मोहन आचार्य

संविधान रक्षा र देश विकासका लागि गठबन्धन आवश्यक : मोहन आचार्य

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उहाँले देशको समस्या समाधान गर्न पनि गठबन्धनको आवश्यकता छ भन्दै गठबन्धन सरकार पनि देश विकासको पवित्र उद्देश्यले बनेको हो भन्नुभयो । केन्द्रीय सदस्य आचार्यले रसुवा जिल्लाको विकासका लागि आफू सदैव क्रियाशील रहने बताउनुभयो । उहाँले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनुभयो । ...