Saturday, April 20
Shadow

दुर्घटना

कार र टिपर ठोक्किँदा धादिङमा एक जनाको मृत्यु

कार र टिपर ठोक्किँदा धादिङमा एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, मंसिर ७ पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् । एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।...
शिवम् सिमेन्ट  उद्योगमा आगलागी

शिवम् सिमेन्ट उद्योगमा आगलागी

आर्थिक, दुर्घटना, समाचार
काठमाण्डौँ, मंसिर ६ हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।...
धादिङ खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

धादिङ खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक ३ धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुपा थापाले बताइन् । सामान लिन हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको खाली ट्रकले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् ।...
झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, कार्तिक ३ झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् । आज बिहान साढे ११ बजेतिर विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार बुद्धशान्ति गाउँपालिका-३का ११ वर्षीय बालक दिप्सन कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही मोटरसाइकलमा सवार ३९ वर्षीया सावित्रा कँडेल घाइते भएकी छन्। दुर्घटनामा अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय गगन तामाङ पनि घाइते भएका छन्। घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रकले ती मोटरसा...
मोटरसाइकलको ठक्करले बालकको मृत्युपछि आफन्तद्धारा सुर्खेतमा सडक अवरुद्ध

मोटरसाइकलको ठक्करले बालकको मृत्युपछि आफन्तद्धारा सुर्खेतमा सडक अवरुद्ध

दुर्घटना, मुख्य समाचार, समाज
काठमाण्डौँ, कार्तिक ३ मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन्। वीरेन्द्रनगर उपत्यकाभित्रको मुख्य सडकमा आफन्तले टायर बालेर सडक अवरुद्ध गरेका हुन्। वीरेन्द्रनगर-१ मा मंगलबार बेलुका साढे मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ३ वर्षीय बालक समिर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ती बालकको मंगलबार नै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। बुधबार बिहानदेखि नै आफन्तले टायर बालेर सडक अवरुद्ध गरेको उनले बताए। बालकलाई ठक्कर दिने मोटरसाइकल र चालकको भने अझसम्म पनि पहिचान हुन सकेको छैन। चालकको हुलिया पत्ता लागे पनि मोटरसाइकल नम्बर पत्ता नलागेको डिएसपी घर्तीले बताए। मोटरसाइकल र चालक दुबैको खोजी भइरहेको उनले बताए।...
हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु

अन्तर्राष्ट्रिय, आर्थिक, दुर्घटना, ब्यानर समाचार 2
काठमाण्डौँ, मंसिर १ हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् भने मृतकमा ९ वर्षीय बच्चादेखि ४० वर्ष उमेरसम्मका रहेका छन् । घटनामा ९ जना घाइते भएको र त्यसमध्ये २ को अवस्था गम्भीर रहेको छ । यो आगलागीको घटना हङकङको एक दशकयताकै सबैभन्दा ठूलो भएको समाचारमा जनाइएको छ । प्रहरी स्रोतलाई उदृत गर्दै साउथ चाइना मोर्निङ पोस्टले लेखेको छ, ‘फ्ल्याटमा नेपाली रेस्टुरेन्ट सञ्चालन गरिँदै आएको थियो जहाँ बर्थडे पार्टी भइरहेको थियो...
सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार, स्थानिय तह
काठमाण्डौँ, कार्तिक २२ सल्यानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार दाङको तुल्सीपुर बाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९,११ नम्बरको डबलक्याप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली,सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिनुभयो । गाडीमा सवार अन्य ४ जना भने हाम फालेकाले सकुशल रहेको उहाँले बताउनु भयो । गाडी एक सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।...
कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

कुवेतमा बस दुर्घटनामा परी दुई नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
काठमाण्डौँ, कार्तिक २१ कुवेतको एउटै कम्पनीमा कार्यरत दुई जना नेपालीको बस दुर्घटनामा मृत्यु भएको छ । उनीहरू दुवैजना कुवेतको सिजिजिसी कम्पनीमा कार्यरत थिए । कम्पनीको काम सकेर कोठा फर्किने क्रममा उनीहरु चढेको बस दुर्घटनामा परेको थियो । कुवेतस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र अर्का एक जना ठेगाना नखुलेका पल बहादुर पुन रहेका छन् । घाइते भएर उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको नोभेम्बर ५ तारिखमा दिन मृत्यु भएको हो । मृतक ठकुरी ३ वर्षदेखि कुवेतमा कार्यरत थिए । उनीहरू कार्यरत कम्पनीको बसलाई विपरीत दिशाबाट आइरहेको मालवाहक गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । दूतावासले कम्पनीसँग समन्वय गरेर मृत दुवै जनाको शवलाई नेपाल पठाउने जनाएको छ ।...
बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

बेनीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, कार्तिक १४ म्याग्दीको सदरमुकाम बेनी आउँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएकी अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जीप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरुको बेनी अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई पोखरा रिफर गर्ने तयारी भएको पनि प्रहरीले जनाएको छ।...
पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकको मृत्यु

पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकको मृत्यु

दुर्घटना, ब्यानर समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, कार्तिक ७ पर्सामा नेकपाको २ गुटबीच भएको झडपमा एकजनाको ज्यान गएको छ । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर–५ परसौनी भाटामा पार्टी समायोजनपछि भएको सपथग्रहण कार्यक्रमा दुई पक्षबीच झडप हुँदा पार्टीका सो गाउँपालिका सचिव मुकेश चौरसिया निधन भएको पर्सा प्रहरीले जनाएको छ । झडपमा चौधरीलगायत ८ जना घाइते भएका थिए । भेन्टिलेटरमा राखेर उपचार भइरहेको बेला मुकेश चौरसियाको शुक्रबार विहान निधन भएको प्रहरीले बताएको छ । बाँकी तीनजना सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।...